Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

पिम नेपाल डकुमेन्ट्री फिल्म फेष्टिवल २०१८ को भव्य रुपमा उद्घाटन

Monday, December 17, 2018 National Power

काठमाण्डौ – नेपालमा पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको पीम नेपाल डकुमेन्ट्री फिल्म फेस्टिवल २०१८ को भव्य रुपमा उद्घाटन गरिएको छ । राजधानी काठमाण्डौको भृकुटीमण्डपमा रहेको नेपाल पर्यटन वोर्डको सभाहलमा एक कार्यक्रमका विच चार दिने डकुमेन्टी« फिल्म महोत्सवको शुभारम्भ गरिएको छ । महोत्सव उद्घाटन समारोहमा गणतन्त्र नेपालका प्रथम उपरास्ट्रपति परमान्नद झाले दिप प्रज्वलीत पादै फेष्टिवलको औपचारिक उद्घाटन गर्दै नेपालमा गैरसरकारी तवरबाट गरिएको प्रयासलाई पुर्ण सफलताको शुभकामना व्यक्त गरेका छन् । साथै ठुलो पर्दामा देखिने चलचित्रहरु भन्दा डकुमेन्ट्रिहरु बढी मार्मिक र मर्मस्पर्षि कुराहरु प्रस्तुत गरिन्छ र समाजमा भए गरेका कुराहरुलाई अगाडी ल्याउने सम्पुर्ण मेकरहरुलाई देश र जनताले सदैव अनुशरण गर्ने बताए । सकारात्मक सोचले बनाएका डकुमेन्टी«हरुले पक्कै पनि सकारात्मक शन्देस दिदै समाजमा सकारात्मक सोचको विकाश हुने विश्वास व्यक्त गरे।


उद्घाटन समारोहमा चलचित्र निर्देशक समाजका अध्यक्ष सुचित्रा श्रेष्ठ, गीतकार शान्तिप्रिय,पत्रकार भरत बम्जन, गीता अधिकारी, निर्देशक मोहन निरौला, निर्देशक माधव राज खरेल, नायक श्रीदेव भट्टराई , नेपाल पत्रकार महासंघ काठमाण्डौ जिल्ला शाखाका सचीव मोहन पनत लगायत सञ्चारकर्मी, समाजसेवी तथा चलचित्रकर्मीहरुको उपस्थिती रहेको थियो ।

साथै मोफसल तथा समाज सेवाका क्षेत्रमा योगदान पुर्याएका पत्रकार किरण अधिकारी र समाजसेवी फूनुरु शेर्पालाई सम्मान गरिएको छ । नेपाली पत्रकारिता तथा समाजसेवाको क्षेत्रको बृहत्तर बिकासको लागि पुराएको योगदानको समेत कदर गर्दै अधिकारी र शेर्पालाई पीम नेपाल पत्रकारिता र सेवा सम्मान २०७५ बाट सम्मानित गरिएको आयोजक समितिको अध्यक्ष कमला जोशीले बताउनुभयो ।


पौष २ गते उद्घाटन गरिएको महोत्सव समारोहको पौष ५ गते समापन गरिने छ । पौष ३ गते विहान ११ बजे देखि बेलुका ५ बजे सम्म विभिन्न विधामा बनेका डकुमेन्ट्रि तथा सर्टफिल्महरु प्रदर्शन गरिने छ, पौष ४ गते नेपाल पर्यटन वर्ष २०२०लाई सफल पार्न सरकारी तथा गैरसरकारी पक्षबाट गर्न सकिने पहल र प्रयासको विषयलाई समेटेर कार्यशाला गोष्ठि गरिने छ भने पौष ५ गते दिउसो २ बजे उत्कृष्ट डकुमेन्टी« तथा सर्टफिल्महरुलाई पुरस्कृत गर्दै महोत्सव समारोह समापन गरिने अध्यक्ष जोशीले बताईन् ।