Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

भारतमा सुनसहित पक्राउ परेका २ नेपाली गोरेका सहयोगी !

Monday, December 17, 2018 National Power

काठमाडौं – भारतको कोलकोतामा समातिएको ३३ किलो सुनको बारेमा नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ । भारतीय प्रहरीद्वारा विशेष सूचनाका आधारमा कोलकताबाट उक्त सुन समातिएपछि नेपाल प्रहरीले नेपालबाट गायब भएको ३३ किलो सुन भारतीय प्रहरीले बरामद गरेको सुनका बारेमा अनुसन्धान सुरु गरेको हो ।

नेपाल प्रहरीका सहायक प्रवक्ता प्रहरी उपरिक्षक रामदत्त जोशीले समातिएको सुनको बारेमा अनुसन्धान सुरु भएको जानकारी दिए । भारतमा प्रक्राउ परेका २ जना नेपाली नागरिक यसअघि ३३ किलो सुनका मुख्य नाइके चुणामणि उप्रेती गोरेका सहयोगी भएको आशंका नेपाल प्रहरीले गरेको र भारतीय प्रहरीले पनि पक्राउ परेका व्यक्ति गोरेका सहयोगी भएको जानकारी नेपाल प्रहरीलाई गराइसकेको एक उच्च अधिकारीले बताए । – नेपाल समाचारपत्र दैनिकबाट