Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

भारतमा सुनसहित पक्राउ परेका २ नेपाली गोरेका सहयोगी !

Monday, December 17, 2018 National Power

काठमाडौं – भारतको कोलकोतामा समातिएको ३३ किलो सुनको बारेमा नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ । भारतीय प्रहरीद्वारा विशेष सूचनाका आधारमा कोलकताबाट उक्त सुन समातिएपछि नेपाल प्रहरीले नेपालबाट गायब भएको ३३ किलो सुन भारतीय प्रहरीले बरामद गरेको सुनका बारेमा अनुसन्धान सुरु गरेको हो ।

नेपाल प्रहरीका सहायक प्रवक्ता प्रहरी उपरिक्षक रामदत्त जोशीले समातिएको सुनको बारेमा अनुसन्धान सुरु भएको जानकारी दिए । भारतमा प्रक्राउ परेका २ जना नेपाली नागरिक यसअघि ३३ किलो सुनका मुख्य नाइके चुणामणि उप्रेती गोरेका सहयोगी भएको आशंका नेपाल प्रहरीले गरेको र भारतीय प्रहरीले पनि पक्राउ परेका व्यक्ति गोरेका सहयोगी भएको जानकारी नेपाल प्रहरीलाई गराइसकेको एक उच्च अधिकारीले बताए । – नेपाल समाचारपत्र दैनिकबाट