Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

काठमाडौंको तापक्रम २ डिग्री

Monday, December 17, 2018 National Power

काठमाडौं – काठमाडौं उपत्यकामा जाडो ह्वात्तै बढेको छ । आज विहानको न्युनतम तापक्रम २।५ डिग्री सेल्सियसमा झरेको छ । यो रेकर्ड यस वर्षको हालसम्मकै सबैभन्दा कम हो । मौसमविद राजु प्रधानांगका अनुसार बंगालको खाडी र भारतको आन्ध्रप्रदेश क्षेत्रमा फेथाइ नामको समुद्री आँधी आएकाले त्यसको प्रभाव नेपालमा पनि परेको हो । सोही समुद्री आँधीका कारण नेपालमा बदलीको अवस्था देखिएको मौसमविद प्रधानांगले बताए ।

उनका अनुसार आज नेपालको पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा तथा पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि देखिएको छ ।पूर्वी तथा मध्य क्षेत्रको उच्च पहाडी भेगका केही स्थानहरुमा हिमपातको सम्भावना पनि रहेको मौसम पूवानुमान महाशाखाले जनाएको छ ।