Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

ओली र प्रचण्डको २२ पन्ने प्रतिवेदन , वामदेवको पनि छुट्टै प्रतिवेदन

Saturday, December 15, 2018 National Power

काठमाडौं– नेकपा स्थायी समिति बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदनमा पार्टी र सरकारको समीक्षा, सांगठनिक एकीकरण र पार्टीको भावी कार्ययोजनाका विषय समेटिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार पार्टी कार्यालय धुम्बाराहीमा बैठकको प्रारम्भ गर्दै अध्यक्ष ओलीले देशको वर्तमान राजनीतिक परिस्थिति र बैठकको महत्वको विषयमा आफ्नो धारणा राखेका थिए । यस्तै प्रचण्डले राजनीतिक प्रतिवेदनमा केन्द्रीत रहेर आफ्नो धारणा राखेका थिए । बैठकमा धारणा राख्दै प्रचण्डले सांगठानिक कार्यभार, पार्टी सञ्चालन, सरकारको समीक्षा र पार्टीको नयाँ कार्ययोजना तयार गर्ने विषयमा केन्द्रीत रहेर राजनीतिक प्रतिवेदन तयार पारिएको बैठकलाई जानकारी गराएका थिए ।

नेकपा स्थायी कमिटी सदस्य अग्नि सापकोटाका अनुसार अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन २२ पेज लामो रहेको छ । सो प्रतिवेदनको अध्ययन गर्न सदस्यहरुलाई आइतबार एक दिनको समय दिइएको उनले  जानकारी दिए ।  सोमबारदेखि बैठकमा सदस्यहरुले अध्यक्षको प्रतिवेदनमाथि केन्द्रीय रहेर आफ्नो धारणा राख्ने क्रम सुरु हुने बताइएको छ । प्रवक्ता श्रेष्ठले सोमबार बिहान ११ बजे समयमै बैठक सुरु हुने पनि जानकारी दिए ।

यसैबीच आजको बैठकमा नेता वामदेव गौतमले छुट्टै प्रतिवेदन पेश गरेका छन् । उनको प्रतिवेदन १६ पेज लामो भएको र सो पनि स्थायी समिति सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । बैठकले हिजो नुवाकोटको दुप्चेश्वर गाउ“पालिका–१ घ्याङडाँडामा भएको मिनीट्रक दुर्घटनाबाट ठूलो मानवीय क्षति भएकोप्रति गम्भीर दुःख व्यक्त गर्दै उक्त दुर्घटनामा मृत्यु हुने सबैप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारमा समवेदना प्रकट गरेको छ ।
त्यस्तै केही दिनअघि पाल्पा, डोटी, दाङलगायतका देशका विभिन्न भागहरुमा भएका सडक दुर्घटनाप्रति पनि दुःख व्यक्त गर्दै ती घटनाका मृतकहरुप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारप्रति समवेदना व्यक्त गरेको छ ।