Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

आजदेखि अन्तर्राष्ट्रिय उडानमा ‘मन्ट्रियल’ महासन्धि लागू हुने

Saturday, December 15, 2018 National Power

काठमाडौं –  नेपालमा पनि आज शनिबारदेखि अन्तर्राष्ट्रिय हवाई उड्डयन यात्रीका लागि निश्चित एकीकरण गर्ने ‘मन्ट्रियल’ महासन्धि लागू हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय हवाईयात्रीहरुको सुरक्षाका लागि यो महासन्धि लागू गर्न लागिएको जनाएको हो । यसअघि, ‘वार्सा’ महासन्धि लागू हुँदै आएको थियो ।

मन्ट्रियल महासन्धि लागू भएपछि नेपालको हवाई क्षेत्र अझ सुरक्षित हुने प्राधिकरणका महानिर्देशक सन्जीब गौतमले बताए । महासन्धिमा विमान चढ्दा, ओर्लंदा र सवार रहँदा यात्रीको मृत्यु भएमा वा चोटपटक लागेमा पाउने क्षतिपूर्तिको मात्रा बढाइएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) को मन्ट्रियल महासन्धि १९९९ मा न्यूनतम् अनिवार्य बिमा दायित्वको रकम सीमा तोकिएको छ । जसअनुसार दुर्घटनाबाट यात्रीको मृत्यु, चोटपटक लागेमा एक लाख १३ हजार १०० एसडीआर अर्थात् एक लाख ५८ हजार ३४० अमेरिकी डलर पाउनेछ ।

यसअघि, वार्सा र हेग अभिसन्धिअनुसार २० हजार अमेरिकी डलरमात्र दायित्व रहेको थियो । महासन्धिले उडान ढिलाइ भएमा क्षतिपूर्ति, व्यागेजको नोक्सानी तथा कार्गो नोक्सानीको क्षतिपूर्ति पनि तोकेको छ ।