Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

आमा झारफुकमा गएको बेला घर जल्यो, तीन बालबालिकाको मृत्यु

Friday, December 14, 2018 National Power

दाङ – दाङको बंगलाचुली गाउँपालिका ८ गुराँसेस्थित एक घरमा आगलागी हुँदा एकै परिवारका तीन बालबालीकाको मृत्यु भएको छ । नवराज पुनको दुई तले घर आगलागी हुँदा उनका छोरा सात वर्षीय कृष्ण पुन, छोरीहरु पाँच वर्षीया अस्मिता पुन र साढे दुई वर्षीया अन्जु पुनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी कृष्णहरि शर्मा पोखरेलले जानकारी दिए ।

काखे बच्चालाई झारफुक गराउन भनेर आमा घरबाट हिँडेको र बालबालिकाहरु घरभित्रै भएको बेला आगलागी भएको थियो । उनीहरुका बुवा नवराज पुन भने रोजगारीको सिलसिलामा भारतमा छन् । एसपी पोखरेलले भने, ‘फुसको घर जलेर पूरै खरानी भएको छ । बालबालिकाको अवशेष पनि फेला पार्न सकिएको छैन । घरमा रहेका चौपायाहरु पनि परेका छन् ।’

शव खोज्नका लागि सदरमुकाम घोराहीबाट डिएसपी रामप्रसाद घर्ती नेतृत्वको टोली घटनास्थलमा पठाइएको छ । आगलागी भएको खबर पाएलगत्तै नजिकको हाँसिपुर प्रहरी चौकी र स्थानीयबासी भेला भए पनि पानीको स्रोत नहुँदा आगो निभाउन नसकिएको एसपी पोखरेलले बताए । आगलागीको कारण खुलेको छैन । स्थानीयबासीले सोलारको ब्याट्री पड्किएर आगो लागेको अनुमान गरेका छन् । प्रहरीले भने आगलागीको कारण पत्ता नलागेको र अनुसन्धान जारी रहेको जनाएको छ ।