Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

अनामनगरमा मयूर डान्स एकेडेमी संचालनमा

Thursday, December 13, 2018 National Power

काठमाण्डौ– राजधानीको अनामनगर स्थित हनुमान स्थानमा सक्रिय कलाकार यूवाहरुले डान्स एकेडेमी संचालनमा ल्याएका छन् । गीतकार एवं कलाकार प्रविण थपलियाको संयोजकत्वमा कलाकार एवं निर्देशक गौरव गिरीले मयूर डान्स सेन्टरको यहि मंसीर २६ गतेवाट संचालनमा ल्याएका हुन् । चलचित्र निर्देशक माधव राज खरेलको प्रमुख आतिथ्यतामा समुद्घाटन भएको उक्त कार्यक्रममा नायक श्रीदेव भट्टराई र नायिका शितल श्रेष्ठलाई आजिवन संस्थापक कलाकारहरुको पदवी समेत प्रदान गरिएको थियो ।


अनुभवि र दक्ष प्रशिक्षकद्धारा तालिम प्रदान गरिने उक्त एकेडेमीमा नृत्यका अलवा, संगीत, अभिनय, जुम्वा लगाएतका प्रशिक्षण हुने पनि वताईएको छ । कार्यक्रममा समाजसेवी यूवराज गाउँले, सोमा खत्री वरिष्ठ अधिवक्ता राजेन्द्र शर्मा लगाएतका विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।