Friday 19th April 2024

    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार

बाढीले बगाएको ३ गैंडा भारतले नेपाल ल्याउन दिएन

Thursday, December 13, 2018 National Power

नवलपरासी-  नारायणीमा आएको बाढीले बगाएर भारत पुर्‍याएका ३ गैंडा नेपाल फिर्ता गर्न भारतले आनाकानी गरेको छ । नेपाली सीमा आसपास भारतीय जंगलनजिकै रहेका तीन वटा गैंडा फिर्ता गर्न प्राविधिक टोलीले आग्रह गरे पनि भारतीय सुरक्षाकर्मीले मानेका छैनन् । भारतको केन्द्र सरकारबाट अनुमति नआएसम्म लैजान नमिल्ने भन्दै उसले आफ्नै नियन्त्रणमा गैंडा राखेको छ । निकुञ्जबाट विभाग हुँदै वनमन्त्रालय, वन मन्त्रालयबाट परराष्ट्र मन्त्रालय र परराष्ट्रबाट भारतलाई गैंडा फिर्ता गर्न पत्राचार गरेको ३ महिना बढी भए पनि पत्रको जवाफ नआएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए ।

अघिल्लो वर्षको बाढी निकुञ्जमा पस्दा ११ गैंडा बगेर भारत पुगेको थियो भने यस वर्ष पनि १ गैंडा बगाएको थियो । तीमध्ये ९गैंडा बाढी रोकिनेबित्तिकै नेपाल ल्याइएको भए पनि भारतमा रोकिएका ३ वटा गंैडा नेपाल ल्याउनबाट रोकिएको निकुञ्जको भनाइ छ । ती गैंडाहरुका लागि अहिले रोकिएको स्थान उपयुक्त वासस्थान नभएकोले ल्याउन थालिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले बताए । ‘जंगली जनवारहरु जुन देशमा गए पनि त्यहाँ उपयुक्त वासस्थान छ भने संरक्षण गर्नु त्यो देशको जिम्मा हुन्छ । तर अहिले रोकिएको ३ वटा गैडा भएको क्षेत्र घाँसे मैदान, तालतलैया, जंगल नभएको चुरेको डाँडो भएकोले उक्त क्षेत्र गैडाका लागि उपयुक्त वासस्थान होइन । त्यसैले फर्काउन थालेका हौं’, ढकालले भने ।

ती गैंडाहरु नेपाल भारतको सीमा नजिकको जंगलमा रहेकोले नेपाल छिर्ना साथ निकुञ्ज ल्याउने गरी टोली परिचालन गरिएको उनले बताए । गैंडा नेपाल फर्काउनका लागि चितवन राष्ट्रिय निकुञ्ज त्रिवेणी रेञ्ज पोष्टका रेञ्जर दिनेश चौधरीको नेतृत्वमा ३ वटा हात्ती सहितको टोली उक्त क्षेत्रमा रहेको छ । तर भारतले आफ्नो वन क्षेत्रमा रहेका गैंडाको रेखदेखका लागि कर्मचारी नै खटाएर नेपाल आउनतर्फ रोक्ने गरेको सुस्ताबासीले बताएका छन् । ती गैंडाहरु सुस्ता आसपासका क्षेत्रमा रहेका छन् ।अनलाईनखबरबाट

ती गैंडाहरु सुस्ता पारी र बाल्मिकि आश्रमको आसपासको क्षेत्रमा छन् । जुन भारतले अतिक्रमण गरेर विवादित बनाएको भूमि हो । हात्तीसहितको टोली सुस्तामै रहेको छ । गैडाको सुरक्षाका लागि नेपालको तर्फबाट सुस्तामा रहेको सशस्त्र प्रहरी खटिरहेको छ ।