अमेरिका – अपेक्षा सिंह परियार, गायक कन्हैया सिंह परियार र गायिका अन्जना गुरुङकी छोरी हुन् । उनी सोह्र बर्ष पुगिन । अपेक्षा सोह्र बर्ष पुगेको अवसरमा उनका कलाकार बाबाआमाले उनलाई जीवनको एउटा नयाँ उपहार दिए । त्यो हो उनीहरु कै सिर्जनामा अभिनय गर्ने अवसर ।
केहि दिन अगाडी छायांकन गरिएको म्युजिक भिडियो उनको स्विट सिक्सटिन मनाउने दिन मै सार्बजनिक गरिएको थियो ।अपेक्षाकी ममी गायिका अन्जना गुरुङको स्वरको गीत झिमझिम परेलीमा उनले अभिनय गरेकी हुन् । यो गीतमा अपेक्षाका बाबा तथा गायक कन्हैया सिंह परियारले संगीत गरेका हुन् । मनोज गुरुङ्ग्को शब्द हो भने मनोहर सुनामको एरेन्जर रहेको छ ।
अपेक्षासंगै जयन्त रानाभाट र प्रशान्त उदासले पनि अभिनय गरेका छन् । ओम कर्माचार्यले छायांकन गरेको भिडियोको कोरियोग्राफर गायिका अञ्जना गुरुङ नै हुन् ।
परिवारका आफन्त र अपेक्षका साथीहरुका बीचमा म्युजिक भिडियो सार्बजनिक गरिएको थियो भने स्विट सिक्सटिनको केक पनि काटिएको थियो ।