Sunday 19th January 2025

    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक    ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

हरितारा चलचित्र पुरस्कार, दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार तथा परिवर्तन सम्मान २०७५ सम्पन्न

Monday, December 3, 2018 National Power

काठमाडौं – हरितारा चलचित्र पुरस्कार, दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार तथा परिवर्तन सम्मान २०७५ सम्पन्न भएको छ । मंसिर १७ गते बागबजार स्थित हार्दिक होटलमा सम्पन्न सम्मान समारोहमा तीन दशकभन्दा बढी समय देखि नेपाली रङ्गमञ्च, टेलिभिजन तथा चलचित्रका लागि संरक्षणरसम्वद्र्धन र सन्देश मूलक टेलि चलचित्र मार्फत नेपाली जनमानसमा अनवरत सेवा पुर्याए वापत लय संग्रौलालाई तथा दुई दशकदेखि नेपाली चलचित्रमा आफ्नो अभिनय कला तथा पछिल्लो समय चलचित्र निर्माण र निर्देशन मार्फत नेपाली जनमानस र चलचित्र क्षेत्रको संरक्षण सम्बद्र्धनमा योगदान पुर्याए वापत रेखा थापालाई हरितारा चलचित्र पुरस्कार–२०७५ सम्मान पत्र, जनही २५ हजार नगद राशिसहित अन्तर्राष्ट्रिय टेनिश खेलाडी मायांका राणा र माहिका राणा तथा नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द, प्रथम रंगीन नेपाली चलचित्रकी नायिका चैत्य देवी, प्रथम हास्य अभिनेत्री बसुन्धरा भुसालद्वारा अर्पण गरिएको छ ।

त्यसैगरि परिवर्तन नेपालले गतसाल देखि स्थापना गरेको श्रीदुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कार (२०७५ सम्मान पत्र तथा नगद राशी जनही १० हजार सहित तीन दशक देखि नेपाली रङ्गमञ्च तथा चलचित्र क्षेत्रमा अनवरत योगदान पुर्याए वापत अभिनेता उत्तम केसीलाई र नेपाली रङ्ग पत्रकारिता मार्फत तीन दशक भन्दा बढी समय देखि चलचित्र क्षेत्रको संरक्षण सम्बद्र्धनमा योगदान पुर्याए वापत विजय रत्नतुलाधरलाई श्रीमती सावित्री कोइरालाको हातबाट अर्पण गरिएको छ ।

यस्तै अभिनेता निर्देशक रामकाजि घिमिरे, नृत्य निर्देशक शिव विक र अभिनेत्री तथा लेखिका शोभिता सिंखडालाई परिवर्तन सम्मान २०७५ बाट सम्मान गरिएको छ । पुरस्कार तथा सम्मान छनोट समितिमा लेखकरनिर्देशक मोहन निरौला, डिजाइन सुन्दर श्रेष्ठ तथा वरिष्ट चलचित्र पत्रकाररगीतकार शान्तिप्रिय रहेका थिए ।

हरितारा पुरस्कारका संरक्षक मनोज शम्शेर ज.ब.रा.का सुपुत्रीद्वय मायांका राणा तथा माहिका राणाको सभापतित्वमा सम्पन्न समारोहमा हरितारा चलचित्र पुरस्कारका सदस्य सचिव तथा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले दुवै पुरस्कारको परिचय तथा स्वागत मन्तव्य राखेका थिए ।

त्यस्तै यस कार्यक्रममा वरिष्ट अभिनेत्री बसुन्धरा भुसाल तथा पुरस्कृत व्यतित्व लय संग्रौला र रेखा थापाले आफ्नो मन्तव्य राखेका थिए । निराजन भण्डारीले सञ्चालन गरेको यस पुरस्कार अर्पण समारोहमा विभिन्न क्षेत्रका बरिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।