Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

वहुआयामिक व्यक्तित्व च्याङ्गवा लामा

Saturday, December 1, 2018 National Power

काठमाण्डौ – च्याङ्गवा लामा स्टील फोटोग्राफरका रुपमा नेपाली कला जगतमा चर्चित छन् हुनत मान्छेले चाहाँदा के हुँदैन र उनि सिन्धुपालचोकवाट ठूलो मान्छे वन्ने सपना वोकेर राजधानी छिरेका चिए पैशा कमाउनका लागी उनले ड्राईभरी पेशा समेत गरेको वताउँछन् तर लामा पहिले देखि नै फोटोको शौखिन मान्छे बाटोमा कसैले क्यामेरा बोकेको देख्दा आफुपनि त्यस्तै बन्न पाए हुन्थ्यो भनेर मनमा सपना सजाउने ठिटो ड्राईभरीमै के टिक्न सक्थ्यो र ? साथीभाईको साथ सहयोगमा लामा पुगे फोटो स्टुडियो र सिक्न थाले फोटो खिच्ने काम, अनि फोटो धुलाउने काम, एनालगको जमाना फोटोग्राफि त्यती सजिलो कहाँ थियो र ? कहिले काँही त दिक्क पनि लाग्थ्यो लामालाई ।

करिव ५ वर्ष जति लामाले नेपालका प्रसिद्ध फोटोग्राफर राजीव श्रेष्ठको साहायक भएर थुप्रै कलाकार एवं सेलीव्रेटीहरुको फोटो खिचेका छन् । च्याङ्गवा व्यवसायिक फोटोग्राफर पनि हुन्, उनले फोटो खिच्नुका साथै फोटो फ्रेम उत्पादन गर्ने उद्योग समेत खोलेर १२–१५ जना मान्छेहरुलाई राजगार समेत प्रदान गरेका छन् ।

यसरी ट्द्याक्सी चलाउन काठमाण्डौ छिरेका च्याङ्गवाले फाटो ग्राफर हुँदै फोटो फ्रेमको उद्योग समेत संचालन गर्न सफल भए । वहुमुखी प्रतिभाका धनि च्याङ्गवालाई उत्कृष्ट फोटो खिचे वापत राष्ट्रिय तथा अन्तराष्ट्रिस्तरको पुरस्कार, सम्मान एवं अवार्डवाट अवार्डेड समेत भएका छन् ।