Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

दैलेखमा जीप दुर्घटना, २ को मृत्यु, ६ को अवस्था गम्भीर

Wednesday, November 28, 2018 National Power

दैलेख – सुर्खेतबाट ठाटीकाँध गाउँपालिका–३ बहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नंम्बरको जीप दैलेखको ठाटीकाँध गाउँपालिकामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

ठाटीकाँध गाउँपालिका–३ का वडासदस्य कर्णबहादुर बोगटीले दुर्घटनाको पुष्टि गर्दै सोही स्थानका ४७ वर्षीय राजेन्द्रबहादुर शाही र वडा नं १ का ३० वर्षीय निर्मल बमको मृत्यु भएको जानकारी दिए । दुर्घटनामा घाइते ६ जनाको अवस्था गम्भीर रहेको बताइए पनि नाम र ठेगाना खुलेको छ ।

दुर्घटनालगत्तै प्रहरी, जनप्रतिनिधि र स्थानीयको सहयोगमा घाइतेको उद्धार भएको थियो । बिहान ८ बजे ब्रेक फेल भएर दुर्घटना भएको बताइए पनि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।