Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

दैलेखमा जीप दुर्घटना, २ को मृत्यु, ६ को अवस्था गम्भीर

Wednesday, November 28, 2018 National Power

दैलेख – सुर्खेतबाट ठाटीकाँध गाउँपालिका–३ बहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नंम्बरको जीप दैलेखको ठाटीकाँध गाउँपालिकामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

ठाटीकाँध गाउँपालिका–३ का वडासदस्य कर्णबहादुर बोगटीले दुर्घटनाको पुष्टि गर्दै सोही स्थानका ४७ वर्षीय राजेन्द्रबहादुर शाही र वडा नं १ का ३० वर्षीय निर्मल बमको मृत्यु भएको जानकारी दिए । दुर्घटनामा घाइते ६ जनाको अवस्था गम्भीर रहेको बताइए पनि नाम र ठेगाना खुलेको छ ।

दुर्घटनालगत्तै प्रहरी, जनप्रतिनिधि र स्थानीयको सहयोगमा घाइतेको उद्धार भएको थियो । बिहान ८ बजे ब्रेक फेल भएर दुर्घटना भएको बताइए पनि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।