काठमाण्डौ – विभिन्न देशहरू विच संस्कृति आदन प्रदान गर्ने उद्देश्यले नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिवल सुरु भएको छ । विहिबार राजधानीको उल्याण्ड होटेलमा विभिन्न देशहरुबाट आएका प्रतिस्पिर्धी तथा निर्णायकहरुलाई एक कार्यक्रम मार्फत स्वागत गर्दै फेसिटवलको शुभारम्भ गरिएको छ ।
नेपाल सांस्कृतितिक तथा चलचित्र केन्द्रले काठमाण्डौमा गर्न लागेको अन्तराष्ट्रिय फिल्म फेस्टिवलमा झण्डै १४ ओटा देशका २९ ओटा फिल्महरु प्रतिस्पर्धामा आएका छन् । पाँच विधामा अवार्ड प्रदान गरिने कार्यक्रममा सर्टफिल्म ७, फुल लेन्थ फिचर फिल्म ४, डकुमेन्टि फिल्म ४, चिल्ड्रेन फिल्म ५ र ८ वटा महिला फिल्म प्रतिस्पर्धामा रहेका आयोजक समितिका निर्देशक सुवर्ण थापाले जानकारी दिएका छन् । कार्यक्रका अध्यक्ष तथा नेपाल सांस्कृतिक तथा चलचित्र केन्दका अध्यक्ष सन्तोष सुवेदीले कार्यक्रममा उपस्थित स्वदेशी तथा विदेशी पाहुनाहरुलाई स्वागत गर्दै कार्यक्रमलाई भव्य र सभ्य बनाउन सबैको साथ र सहयोग आवस्यक रहेको बताए । उनले यो फेस्टिभलले नेपाललार्ई अन्तराष्ट्रिय रुपमा जोड्ने काम गर्नेमा विश्वास व्यक्त गरे ।
शुक्रबार देखी सोमबार सम्म नेपाल पर्यटनबोर्डको सभाहलमा सञ्चालन हुने फेस्टिवलमा चीन, भारत, जापान, ताईवान, श्रीलंका, लुथेनियां, फ्रान्स, अमेरीका, बेलायत, अष्ट्रलिया नेपाल लगायतका १४ देशका २९ चलचित्र देखाइने भएको छ । फेस्टिवलमा चलचित्रका विभिन्न आयामहरु माथि ५ वटा विषयमा छलफल गरिने बताईएको छ भने पब्लिक च्वाइस अवार्ड, जुरी अवार्ड इन्करजमेन्ड अवार्डसहित आठ विधामा अवार्ड प्रदान गरिने जानकारी दिइएकोछ ।
फुल लेन्थ फिचर फिल्मका विजेतालाई ट्रफिसहित एक हजार अमेरिकी डलर, डकुमेन्ट्री फिल्मलाई ५०० अमेरिकी डलर, चिल्ड्रेन फिल्म, सर्ट फिल्म र महिलासम्बन्धी बनेका फिल्मलाई ट्रफिसहित २५० /२५० अमेरिकी डलर पुरस्कारको व्यवस्था गरिएको छ ।
स्वागत कार्यक्रममा कार्यक्रमका संरक्षक एवं पुर्व प्रधान सेनापती रुक्वाङगत कटुवालले नेपाल भुगोलमा सानो भएपनि यहाँ पाईला पाईलामा फरक फरक प्रकृति र संस्कृतिको अनुभति गर्न सकिन्छ भन्दै सानो मुलुक पनि कला, संस्कृति र भाषा भाषिमा विस्मै धनी रहेको बताए ।
राजधानी काठमाण्डौमै पनि एउटै समुदाय भित्र एक किलो मिटरमा संस्कृतिमा विविधता पाईनै भन्दै सिंगो नेपालमा अथाह स.स्कृति रहेकोले यसलाई चलचित्र अथावा बृत्तचित्रका माध्यमबाट चिनाउने सुनौलो अवसर रहेको बताए । यस किसिमको बहु-आयाामिक पाटा र पक्षहरुलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन कार्यक्रम लाभदायिक हुने विस्वास व्यक्त गरे ।
Kamala Joshi
Power news Magazine