Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) प्रवासी नेपाली एकता मन्च ईजरायल द्वारा सहयोग हस्तान्तरण

Sunday, November 18, 2018 National Power

२,मंसिर /  काभ्रे –  गोर्खा जिल्ला श्रीनाथकोट उपल्लो गोहोरे रातमाटे स्थाई बसोबास गर्ने श्री बुद्धि बहादुर ढकाल रोजगारको सिलसिलामा मलेसियामा मेसिनमा परी दुवै खुट्टा गुमाएका थीए । चहराईरहेका घाउहरुमा मलमपट्टी लगाउन तथा कृतिम खुट्टा लगाउन सानोसह्योग स्वरूप प्रवासी नेपाली एकता मञ्च ईजरायल महिला बिभाग द्वारा आयोजना गरीएको शुभ दिपावाली शुभकामना आदानप्रदान २०७५ साथै ऎतिहासिक स्थल जेरुसलाम भ्रमणको शुभ अवसरमा भ्रमणमा सहभगी तथा प्रवासी नेपाली एकता मञ्च परिवार द्धुरा संकलन गरीएको सहयोग रकम तथा प्रवासी नेपाली एकता मञ्च ईजरायलको भैपरी आउने कोषबाट थपगरी रु अक्षेरुपी बतीस हजार प्रवासी नेपाली एकता मञ्च ईजरायल संस्थापक महासचिब सोम प्रसाद चौलागाई संस्कृतिक बिभाग प्रमुक धर्म भण्डारी तथा कार्यसमति सदस्य ज्योति शर्मा ,मेनुका दाहाल थापा को उपस्थितमा दुबै खुट्टा गुमाउनु भएका बुद्धि बहादुर ढकाललाई आजआईतबार हस्तान्तरण गरियो ।

यसैगरी प्रदेश नम्बर १ धनकुटा जिल्ला चौबिसे गाउपालिका वडानम्बर ७ मौनाबुधुकका राज बहादुर लिम्बुका छोरी हाल दमौली निवासी क्यान्सर पिडित इन्द्रकला लिम्बू घर्ती को उपचारार्थ सह्योगगार्थ रु बीस हजार र साबिक मौनाबुधुक चार स्थाई निवासी हाल प्रवासी नेपाली एकता मंच ईजरायलका सल्लाहकार श्री बालकृष्ण सुवेदी जी र महिला बिभाग उप)प्रमुख श्रीमती गिता सुवेदी जीलेव्यक्तिगत सहयोग स्वरूप रु चार हजार सातसय पचास गरि जम्मा रु चौबिसहजार सातसय पचास सहयोग गर्नुभयकोमा हार्दिक धन्यवाद ब्यक्त गर्दछौ ।

आईतबार नेकपा ९एमाले० पुर्ब अध्यक्ष श्री मान बहादुर लिम्बु वडा अध्यक्ष श्री दुर्गा बहादुर सुबेदी वडानम्बर ७ का कर्मचारी श्री दुर्गा प्रसाद चेम्जोङ साथै स्थानीय जनप्रतिनीधी समाजसेबीहरुको बाक्लो उपस्थिमा बिरामिका बुबा राज बहादुर लिम्बु लाई हस्तान्तरण गरियको जानकारी प्रवासी नेपाली एकता मंच इजरायलका सदस्य शिब राज खड्काले जानकारी दिए । बिरामिको शिघ्र स्वास्थलाभको कामना गर्दछौ यो हस्तान्तरण पबित्र कार्यमा सहयोग गर्नहुने उपस्थित सम्पूर्ण महानुभावहरुलाई प्रवासी नेपाली एकता मंच इजरायल हार्दिक धन्यवाद ब्यक्त गर्दछौ ।

प्रवासी नेपाली एकता मंच इजरायल परिवार

नेशनल पावर न्युज परिवार ( अरबिन्द्र गौतम )