Tuesday 22nd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

हिउँदे अधिवेशनको पहिलो बैठकको एजेण्डा चिकित्सा शिक्षा विधेयक !

Sunday, November 18, 2018 National Power

काठमाडौं – संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक संसदको आगामी अधिवेशनको पहिलो बैठकमै पेश गर्ने निर्णय गरेको छ । समितिको आइतबार बसेको बैठकले मंसिर ९ गतेबाट दफावार छलफल सुरु गर्ने निर्णय गरेको हो । समिति अन्तरगतको उपसमितिले सरोकारवालाहरुसँग छलफल गरिसकेको छ भने अब संशोधनमाथि दफावार छलफल हुनेछ ।

संसदको हिउँदे अधिवेशनको पहिलो बैठकमै एजेण्डा बनाउने गरी विधेयक तयार गर्ने निर्णय भएको समितिका सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले बताए । संसदको हिउँदे अधिवेशन माघ पहिलो साता सुरु गर्ने तयारी छ ।

बैठकमा कांग्रेस सांसद थापाले सरकारलाई बोलाएर छलफल गर्नुपर्ने मत राखेका थिए । विधेयक सरकारले नै ल्याएको र डा। गोविन्द केसीसँग पनि सरकारले नै सहमति गरेकाले पहिले सरकारको पोजिसन प्रष्ट पार्नुपर्ने उनको तर्क थियो ।

तर, दफावार छलफल गर्दै जाने निर्णय भएको छ । डा। गोविन्द केसीसँग भएको सहमतिअनुसार सत्तारुढ दल नेकपाका प्रमुख सचेतक देव गुरुङले संशोधन दर्ता गरेका छन् । यदि त्यसलाई अगाडि बढाउन सत्तारुढ दल तयार भयो भने अरु संशोधन अस्वीकृत हुने अवसथा आउनेछ ।