Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

गोरखामा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

Wednesday, November 14, 2018 National Power

गोरखा –  गोरखा नगरपालिका -११ चौध किलोमा मंगलबार राति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । बा३७प ६९०१ नम्बरको मोटरसाइकले ठक्कर दिंदा सिरानचोक गाउँपालिका -४ का ६० बषिर्य हर्क बहादुर लामाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट घाइते लामाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार राति नै मृत्यु भएको जिल्ला ट्राफिक इन्चार्ज दयाराम पौडेलले बताए । मोटरसाइकल र चालकलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ ।