Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

भारत, युएई र मलेसियाका लागि राजदूत सिफारिस

Monday, November 12, 2018 National Power

काठमाडौं– सरकारले लामो समयदेखि रिक्त रहेका तीन देशका लागि राजदूतको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले भारत, मलेसिया र संयुक्र अरब इमिरेट्स (युएई) का लागि राजदूतको नाम सिफारिस गरेको हो ।
सरकारले भारतका लागि निलाम्बर आचार्यको नाम सिफारिस गरेको छ भने युएईका लागि कृष्ण प्रसाद ढकाल र मलेसियाका लागि उदयराज पाण्डेको नाम सिफारिस गरेको छ ।

राजदूतमा सिफारिस भएका ढकाल परराष्ट्र मन्त्रालयका सहसचिव र आचार्य संविधानविद् हुन् । यस्तै पाण्डे यसअघि साउदी अरबको पूर्व राजदूत भइसकेका व्यक्ति हुन् । यसैबीच सरकारले मन्त्रीपरिषद्को निर्णयहरु तत्काल जानकारी नगराउने निर्णय गरेको छ । बैठकले अबदेखि मन्त्रीपरिषद्को निर्णय तत्काल जानकारी नगराउने निर्णय गरेको हो । अबदेखि मन्त्रीपरिषद्को निर्णयहरु समय क्रमसँगै थाहा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । यसअघि विशेष अवस्था बाहेक महत्वपुर्ण निर्णयहरु मन्त्रीपरिषद् बैठक लगत्तै प्रवक्ताबाट जानकारी गराइन्थ्यो ।