Thursday 22nd October 2020

    ओली सरकार भारतसँग सम्बन्ध सुदृढ बनाउँदै    एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि    सरकारलाई कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय फिर्ता लिन नेता नेपालको आग्रह    गायक सिताराम पोखरेलको मनको मैलो सार्वजानिक ( भिडियो सहित)    'मिस्टर एण्ड मिस टिकटक' का लागि ग्लोबल अनलाईन पेबाट भोटिङ खुल्ला

नेपाली कथानाक चलचित्र टाईगर सुटिङको क्रममा

Sunday, November 11, 2018 National Power


२५ कार्तिक , काभ्रेपलान्चोक / अरबिन्द्र गौतम –काभ्रेपलान्चोक नेपाली कथानाक चलचित्र टाईगर यतिबेला देशको विभिन्न स्थानमा सुटिङको क्रममा रहेको छ । देशका विभिन्न रमणीय स्थानहरु काठमाडौं , पोखरा , मुस्ताङमा लगाएतका ठाउँ सुटिङ हुदै गरेको फिल्म निर्माण पक्षले जानकारी दिएको छ ।

देश यतिबेला धेरै चलचित्र निर्माणको क्रममा रहेकोे छन् । कति चलचित्र सफल भएका छन् भने कति चलचित्रले आफ्नो लगानी समेत उठाउन सकेको छैन । टाईगर चलचित्रले देशका रमणीय स्थानहरु सुटिङ गरेको छ साथै चर्चाको शिखरका नायक तथा नायिका टाईगर फिल्ममा रहेका छन् । देशका रमणीय स्थानहरुमा सुटिङ गर्नु राम्रा कलाकारहरु लाई चलचित्र खेलाउनु यसले गर्दा फिल्म राम्रो हुन्छ कि भन्ने आशा गर्न सकिन्छ ।

सुचिन्द्र परियाको निर्देशनमा बनेको टाईगर चलचित्रमा रेजिना भण्डारी , नव नायक रमेश बिशोकर्माको विशेष भुमिका रहेको छ भने साथमा अन्य कलाकारहरु पनि रहेका छन । चलचित्र कस्तो बने हो त्यो त हेर्न बाँकी छ । चलचित्र राम्रो बनाउनको लागि धेरै संघर्ष गरेको चलचित्र निर्माण पक्षले दाबी गरेको छ ।