Saturday 14th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

संचारकर्मि गौतमद्वारा निर्मित लोक नाटक लिलामे माईलो प्रदर्शनको तयारीमा 

Wednesday, November 7, 2018 National Power

२१, कात्तिक – काभ्रेपलान्चोक नेपाली लोक नाटक लीलामे माइलोको प्रोमोसन भिडियो सार्वजनिक गरिएको छ । दर्शकहरुलाई नाटक हेर्न जाउँ(जाउँ हुने गरी हुर्रा नृत्यमा भिजुओल बाट निम्तो दिईएको छ ।

नेपालमा पहिलो पटक यसरी नाटकको प्रोमोसन भिडियो बनाएको नाटकका कार्यकारी निर्माता राजाराम गौतमको दाबी छ । नाटकमा प्रयोग गरिएका सम्पुर्ण भिडियोहरु १ महिना अगाडि लिलामे माइलोको कलाकार सहितको टोली चरित्र निर्माणका लागि मोरङ जिल्लाको लेटाङको राजारानी क्षेत्रमा पुग्दा खिचिएका हुन् ।

गितको शब्द शितल कादम्बिनी र नाटकका निर्देशक प्रभाकर न्यौपाने, स्वर शितल कादम्बिनिका साथमा हुर्रा टोलीहरु, लाइभ म्युजिक प्रकाश घिमिरे र साथमा साथिहरुको रहेको छ । लिलामे माइलो नाटकको लागि चरित्र निर्माणको क्रमा कलाकार टोलिले गरेका सम्पुर्ण गतिबिधिलाई समेट्ने काम युसव गौतमले गरेका थिए ।

भिडियो बाट नाटकहेर्न बोलाउने मात्र नभई लेटाङको राजारानी क्षेत्रलाई पनी पर्यटन प्रवद्दनमा सघाउन पुग्ने छ । नाट्य रुपान्तरण स् राज थापा काउचा, कथा÷निर्देशक स् प्रभाकर न्यौपाने रहेका छन् । प्रयोगवादी नाटकलार्य फिल्ड्मा कलाकार गएर चरित्र निर्माण गर्दा कलाकारहरुलाई सजिलो हुने नाटकका निर्देशक तथा लेखक प्रभाकर न्यौपानेको भनाइ छ ।

भिडियो निर्माण नाटकका कार्यकारी निर्माता राजाराम गौतमले गरेका हुन् । मंसिर १४ गते देखि पुस ७ गते सम्म कुञ्ज नाटक घर नयाँ बानेश्वर थापागाउँ, सी।डी।ओ टोलमा नाटक मञ्चन हुने छ ।

 

Sabaiko samachar