Tuesday 20th October 2020

    सरकारलाई कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय फिर्ता लिन नेता नेपालको आग्रह    गायक सिताराम पोखरेलको मनको मैलो सार्वजानिक ( भिडियो सहित)    'मिस्टर एण्ड मिस टिकटक' का लागि ग्लोबल अनलाईन पेबाट भोटिङ खुल्ला    नेपाल टेलिकमले ९० दिनसम्मका लागि अटम अफर उपलब्ध गराउने    आइसोलेसन केन्द्र निर्माणमा सरकार युद्धस्तरमा लाग्नुपर्छ :डा. उपाध्याय

छक्कापन्जा ३ को ९० प्रतिशत टिकट विक्री, प्रदर्शन सो बढ्न सक्ने

Tuesday, November 6, 2018 National Power


६ नोभेम्बर, पोर्चुगल – मेला नेपाल इभेन्ट अग्रनाइजरको भगीनी संगठन मेला लिस्वोवाले यही नोभेम्बर ११ मा अभिनियाद स्थित निमास सिनेमा हलमा प्रर्दशन गर्न लागेको नेपाली कथानक चलचित्र छक्का पन्जा ३ को सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

मेला लिस्वोवाका संयोजक रविन उप्रेतिले दिएको जानकारी अनुसार उक्त दिनको लागि लगभग ९० प्रतिशत टिकट विक्री भएको र दर्शकहरुको उत्साहजनक उपस्थिती हुने भएपछि प्रर्दशनको लागि पुनः एकदिन थप गर्ने योजना रहेको बताए ।

लिस्वनमा छक्कापन्जा ३ प्रर्दशन हुने जानकारी पाए लगत्तै यहाँ स्थित नेपालीहरुमा निकै उत्साह बढेको र नेपालमा पनि दर्शक र समिक्षक दुवैको निकै सकारात्मक प्रतिक्रिया पाइरहेको हुनाले पनि यो चलचित्र हेर्नको लागि आतुर रहेको आफुले पाएको उनले बताए ।
हाल नेपालमा निकै सफलताका साथ प्रर्दशन भइरहेको र नेपाली चलचित्र इतिहासमानै कृतिमानी व्यपार तर्फ उन्मुख भइरहेको चलचित्रलाइ छक्कापन्जा सिरिजका निर्देशक दिपाश्री निरौलाले निर्देशन गरेकी हुन भने, दिपकराज गिरी, केदार घिमिरे ९माग्ने बुढ०, जितु नेपाल ९मुन्द्रे०, किरण केसी लगाएतको निर्माण तथा अभिनय रहेको छ । चलचित्रले नेपालमा दर्शक तथा समिक्षकको सकारात्मक प्रतिकृया पाइरहेको छ ।

नेपाली चलचित्र मार्फत यूरोपमा नेपाली कला संस्कृतिको प्रवर्धन गर्ने तथा पछिल्लो समय युरोपियन बजार नेपाली चलचित्र तथा बृत्तचित्रहरुको गैर कानुनी तवरबाट भइरहेको बजारीकरणलाई रोकी वैध बाटोबाट नेपाली कलासंस्कृतिलाइ डायस्पोरामा फैलाउने उद्देश्यका साथ यस्ता किसिमका कार्यक्रमहरुको आयोजना गर्न लागेको मेला लिस्बोआले का संयोजक रविन उप्रेतिले जानकारी दिए । यसले गर्दा नेपाली कलासंस्कृतिको बजार विस्तार हुने मात्र नभइ निर्माता, कलाकार तथा प्राविधिकहरुले पनि प्रत्यक्ष रुपमा आर्थिक तथा सामाजिक तवरबाट लाभ पाउने अवस्था बन्ने उप्रेतिले जानए ।

छक्का पन्जा ३ पछि अन्य नेपाली चलचित्र तथा नेपाली कलासंस्कृतिलाइ प्रवर्धन गर्ने खालका अन्य कार्यक्रमहरु पनि गर्ने नियमित कार्यतालिका समेत रहेको मेला लिस्वोआका सदस्य हरिविक्रम थापाले जानकारी दिए ।
चालचित्रको टिकट मुल्य १० यूरो तोकिएको छ ।