Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

मंसिर ७ गते बुटवलमा प्याजेन्ट नेपाल फेशन शो हुदै,, चर्चित कलाकारहरुको प्रस्तुती रहने

Tuesday, November 6, 2018 National Power

काठमाण्डौ-  देश विदेशमा सफल ईभेन्ट, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले बुटवलमा फेशन शो गर्ने भएको छ ।


नेपालका चर्चित फेशन डिजाईनरहरुले तयार पार्ने उत्कृष्ट डिजाईनमा तयार पारिएका पहिरनलाई राष्ट्र अन्तराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्ने उद्देश्यले उपत्यका बाहिर बुटवलमा प्याजेन्ट नेपाल बुटवल फेशन शो आयोजना हुन लागेको हो । मंसिर ७ गते बुटवल स्थित एशियन भिलेज रिसोर्टको भव्य हलमा हुन लागेको उक्त शो का निमित्त मोडलहरुको छनौटका लागि कार्तिक २५ गते आईतवारका दिन बुटवलको ट्राफिकचोकस्थित क्लिक ईन्टरनेशल एजुकेशनको कार्यालयमा मोडल अडिसन हुने आयोजक तथा प्याजेन्ट नेपालको सिईओ एवं चर्चित फेशन डिजाईनर ममथा बस्नेतले जानकारी दिईन । उक्त फेशन शो का लागी उत्कृष्ट पुरुष तथा महिला मोडलहरुको छनौटका लागि लोकप्रिय सेलिब्रेटी, फेशन डिजाईनर तथा कोरियोग्राफरहरुको निर्णायक मण्डलको सहभागिता रहनेछ ।
छनौट भएका मोडलहरुलाई तालिम, फोटोग्राफी, ड्रेस,मिडिया प्रमोसन उपलव्ध गराईने आयोजक बस्नेतले बताइन । चर्चित कोरियोग्राफरको कोरियोग्राफीमा तालिम समेत हुने उक्त शो मा गायक सपन श्रेष्ठ, गायक ध्रुब विस्को गायिका सावित्री जोशी, गायिका ईन्दिरा भट्राई, नायिका पूर्णिमा लामा, मोडल नितु कोईराला, नायक श्रीदेव भट्राई, मोडल नन्दा बस्याल लगायत नेपालका चर्चित लोकप्रिय कलाकारहरु आफ्नो प्रस्तूती समेत दिनेछन ।
३ वटा सिक्वेन्स रहने शो मा राजधानीबाट शो को लागी सहभागीता जनाउन करीव डेढ दर्जन भन्दा बढी कलाकार तथा मोडलहरुले र्याम्प शो एवं आकर्षक प्रस्तुती दिनेछन ।

थुप्रै व्युटी पेजेन्ट तथा फेशन शो मा ड्रेस डिजाईन एवं आकर्षक पहिरनहरु उपलव्ध गराउदै आएको पेजेन्ट नेपालले आयोजना गर्न लागेको यस किसिमको फेशन शोले बुटवलमा रहेर मोडलिङ्ग क्षेत्रमा सक्रिय मोडलहरुको लागी एक अवसर हुने विश्वास आयोजकको रहेको छ ।