Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

पाठ्यक्रम विकास केन्द्रका लेखापाल घुससहित पक्राउ

Monday, November 5, 2018 National Power

१९ कात्तिक, काठमाडौं – प्रहरीले पाठ्यक्रम विकास केन्द्र, सानो ठिमीका लेखापाल ९लायब सुब्बा० गुणराज दाहाललाई घुससहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको प्रहरी टोलीले २५ हजार रुपैयाँ घुससहित उनलाई पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता रामेश्वर दंगालले दाहाललाई काठमाडौं–५, गहनापोखरीस्थित भाञ्जा क्याफे अगाडिबाट पक्राउ गरिएको पुष्टि गरे । ‘राष्ट्रिय बहिरा महासंघ नेपाललाई कक्षा ६ को सामाजिक र बिज्ञान विषयको पाठलाई साङ्केतिकरण र दृश्य सामाग्री (डीभीडी) तयार गर्ने सम्झौता गरेकोमा कार्य पूरा गरी बिल भुक्तानी माग गर्ने वेलामा उनले घुस माग गरेका थिए’, प्रवक्ता दंगालले भने, ‘जम्मा रकमको २५ प्रतिशत आन्तरिक लेखा परीक्षणको लागि आवश्यक पर्ने बाहाना बनाएर उनले सेवाग्राहीसँग रकम माग गरेका हुन् ।’ पक्राउ परेका दाहालमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।