Thursday 13th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

सर्लाही गोलीकाण्ड : नेकपाका एक कार्यकर्ता भारतबाट पक्राउ

Saturday, November 3, 2018 National Power

१७ कात्तिक, काठमाडौं – सर्लाहीमा गोली लागेर नेपाली कांग्रेसको कार्यकर्ता मारिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्तालाई पक्राउ गरेको छ । नेकपाका कार्यकर्ता उपेन्द्र राय यादवलाई शुक्रबार राति जिल्ला भारतीय प्रहरीको सहयोगमा भारतीय सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

सर्लाहीको रामनगर-४ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपका क्रममा गोली चल्दा स्थानीय ५० वर्षीय रामविलास महतोको मृत्यु भएको थियो ।

उक्त गोलीकाण्डमा नेकपाका १५ जना कार्यकर्ताविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ । जसमध्ये गोली चलाउने भनी दुई जनाको नाममा किटानी जाहेरी परेको छ । उनीहरुको नाम भने खुलाइएको छैन । पक्राउ परेका उपेन्द्र राय यादवलाई भने घटनाको मतियार बनेको अभियोग छ ।