Friday 4th October 2024

    स्याटद्धारा दशैं शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना    युकेवासी नेपालीले रुचाए काँडेतार    लिम्बू सचेतनामुलक भिडियो ‘मिघम्ब’को सार्बजनिक    प्रमोदको स्वरमा ‘आँशुको मूल्य’ सार्वजनिक    नेपाल र भारतका पत्रकार महिलाको साझा सञ्जाल बनाउनुपर्नेमा जोड

छैठौ राष्ट्रिय लोक दोहोरी अवार्ड २०७५ मंसिरमा २९ सम्पन्न हुदै

Thursday, November 1, 2018 National Power

काठमाडौ –  “अग्रजलाई सम्मान नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल, उपत्यका समन्वय समितिको “छैठौ रास्ट्रीय लोक दोहोरी अवार्ड २०७५” सम्पन्न हुने भएको छ । रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल, उपत्यका समन्वय समिती काठमाडौद्वारा आयोजित विभिन्न ३२ वटा बिधामा बितरण गरिने अवार्ड कार्यक्रम मंंसिर २९ गते शनिबार भब्यताका साथ सम्पन्न हुने कुरा सोही समितीका अध्यक्ष पिएन सापकोटाले जानकारी गराएका छन् ।

सो अवार्ड कार्यक्रम प्रज्ञा प्रतिस्ठान , कमलादी काठमाडौमा हुने भएको छ । यस कार्यक्रममा कलाकारहरुलाई अवार्ड बितरण गर्नुका साथै अग्रज कलाकारहरुलाई सम्मान पनि गरिने कुरा जनकारिमा आएको छ ।

उपत्यका समन्वय समिती आयोजकको रुपमा रहने छ भने समन्वय समिती अन्तर्गत रहेका ९ वटा समिती सहआयोजकको रुपमा रहने कुरा जानकारी गराउदै यस अवार्ड कार्यक्रमलाई भब्य रुपमा सफल पार्दिनका लागि उपत्यका समन्वय समितिका बरिस्ठ उपाध्यक्ष सुजन लम्सालले अनुरोध गरेका छन् ।

सो अवार्डको मनोनयन केही हप्तामा सार्वजनिक हुने कुरा प्रथम उपाध्यक्ष राजकुमार रायमाझिले बताएका छन् । यस अवार्ड कार्यक्रमको पुर्ण सफलताको लागि हाम्रो तर्फबाट अग्रिम शुभकामना।