Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

खतिवडाको ढुकढुकी सार्वजनिक

Tuesday, October 30, 2018 National Power

काठमाण्डौ  – गीतकार नारायण खतिवडाको ढुकढुक बजारमा आएको छ । सरकारी सेवाको ब्यस्ततालाई समय ब्यावस्थापन गर्दै ढुकढुक एल्बम मार्फत फेरी सांगितिक बजारमा आफ्नो सृजनालाई श्रोता माझ लिएर आएका छन् ।

नौलौ शैली संगीत र समाजसेवा लाई सगै अघि बढाउने उदेश्यले वाल दिवसको अवसर पारेर काठमाण्डौंको सितापाइलास्थित पुनर्बहोममा आश्रित बालबालिकालाई सहयोग गर्दै खतिवडाले आफ्नो एल्बम सार्वजनिक गरेका हुन् ।

गीतलाई उत्कृष्ठताका साथ शिलाबहादुर मोक्तान, धनबहादुर खड्का, महेश खड्का, आलोक श्री, ईश्वर अमात्य, दिपक शर्माले संगीत दिएका छन् । ढुकढुकी स्वदेश छोडी, मनका कुरा, विन्दास, देखुदेखु, सन्देश पुर्याइदेउ, मेरो कथा, चोखो चोखो जस्ता मर्म स्पर्सी गीतहरु समावेश गरिएक छन् । गीतमा कुन्ती मोक्तान, मेलिना राई, शुभराज, दिपानारायण झा, मदनसिंह नेपाली र सहिमा श्रेष्ठको स्वर रहेको छ ।
मदनसिङ नेपाली, साहस शाक्य, बिक्रम कार्की, उदयराज पौडेल, ल्हाङ सुब्बाले सङीत संयोजन गरेका छन् ।

राष्ट्रिय, आधुनिक, समसामयिक गीतहरू समाबेस गरिएको गीतकार खतिवडाले जानकारी दिए । दीपानारायण झाको स्वर रहेको देखु देखु लाग्छ गीतको म्युजिक भिडियो राम श्रेष्ठले गरेका हुन् भने राजन शाही र अस्मी महर्जनको अभिनय रहेको छ ।