Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

अन्तराष्ट्रिय क्रिकेट रंगशाला चितवनमै निर्माण हुने प्रचण्डको घोषणा

Sunday, October 28, 2018 National Power

११ कार्तिक, चितवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले अन्तराष्ट्रिय क्रिकेट रंगशाला चितवनमै निर्माण हुने घोषणा गरेका छन् । आज भरतपुर महानगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले देशकै महत्वपूर्ण आयोजना मध्येको एक अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला चितवनमै निर्माण हुने घोषणा गरेका हुन् ।

उनले भने–“मैले हिजो मात्रै प्रधानमन्त्री केपी ओलीसंग भेटमा कुरा राखे, उहाँले क्रिकेट रंगशाला चितवनमै निर्माण हुन्छ तपाईल घोषणा गरिदिनुस् भन्नुभयो ।”धुर्मुस सुन्तली फाण्डेशनको सहकार्यमा भरतपुर महानगरपालिकाले अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका लागि रामपुरमा रहेको जग्गा माग गरेको थियो । सो जग्गा त्रिभुव विश्वविद्यालयको मातहतमा रहेकोले अझै जग्गाको टुंगो भने लाग्न बाँकी छ । रंगशालाका लागि हेरिएको जग्गा कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई हस्तान्तरण गरेपछि बल्ल रंगशाला निर्माणका लागि ढोको खुल्नेछ ।

भरतपुर महानगरपालिकालले रामपुरमा रहेको जग्गा बराबर कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई सट्टा भर्ना स्वरुप साविक चित्रवन नगरपालिकामा रहेको सार्वजनिक जग्गा दिने निर्णय गरि सकेको छ । केही दिन अघि मात्र एक सार्वजनिक कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पनि चितवनमै अन्तराष्ट्रिय क्रिकेट रगंशाला निर्माणको प्रक्रिया अन्तिम चरणमा रहेको बताएकी थिएन् । उनले सो कार्यक्रममा भनिन्–“क्रिकेट रगंशाला चितवनमै बन्छ, निर्माण प्रक्रियामा केही ढिलाई भएको मात्रै हो ।”

मेयर दाहालले रंगशाला निर्माणका लागि रामपुरमा रहेको जग्गा बारे त्रिभुव विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र भरतपुर महानगरपालिकाबीच एक किसिमको समझदारी भईसकेको भन्दै अब बस्ने मन्त्रीपरिषद् बैठकले निर्णय गरेपछि निर्माण प्रक्रिया अघि बढ्ने बताइन् ।