Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

लक्ष्मीपुजाको दिनलाई बिजुली व्यवस्थापन गर्न प्राधिकरणमा चटारो

Saturday, October 27, 2018 National Power

१० कात्तिक, काठमाडौं -नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाका दिन बेलुकी कतैपनि लाइन नजाने गरी व्यवस्थापकीय तयारी थालेको छ । लक्ष्मी पुजाका दिन सबैतिर झिलिमिली बनाउन अधिकांश घरमा बत्ती सजाउने हुन्छ । वर्षमै सबैभन्दा बढी बिजुलीको माग त्यसै दिन हुन्छ । त्यसैले यस्तो महत्वपूर्ण दिनमा कुनैपनि हालतमा बत्ती नजाने व्यवस्था गर्न आफूहरु छलफल र तयारीमा जुटिसकेको विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

गत वर्ष पनि लक्ष्मी पुजाका दिनमा प्राधिकरणले कतै पनि बत्ती नकाटिने गरी लोड व्यवस्थापन गरेको थियो । भुक्तपुरमा भने ट्रान्सर्फमर जलेर समसया भएको थियो । प्राधिकरण स्रोतका अनुसार तिहार अघि नै सबै जलविद्युत् गृह, सबस्टेसन, प्रसारणलाइन तथा ट्रान्सर्फमरको मर्मत सकिनेछ । कुनै स्थानमा समस्या आउने बित्तिकै तत्काल सम्बन्धित स्थल पुगेर मर्मत गर्न नो-लाइटको टिम तयारी अवस्थामा राखिने छ । यस्तोे टिम कतै समस्या आए त्यहाँ तुरुन्तै पुग्नेछ ।

लक्ष्मीपूजाको दिन सबैभन्दा बढी विद्युतको माग काठमाडौं उपत्यकामा हुन्छ । काठमाडौंसँगै ललितपुर, भक्तपुर, रसुवा, नुवाकोट, काभ्रेपलान्चोक, दोलखा, सिन्धुपाल्चोक र रामेछापमा पनि ठूलो मात्रामा बिजुलीको माग हुने हुन्छ ।काठमाडौमा स्युचाटार, बालाजु, बानेश्वर, लैनचौर, टेकु, पाटन, सिंहदरवार, चाबहिल, चपली, मातातीर्थ, बनेपा र पाँचखाल सबस्टेशनलाई चुस्त अवस्थामा राखिनेछ ।

२०७३ सालमाको लक्ष्मी पुजामा स्युचाटारको भारप्रेषण केन्द्रमा बसेर उपत्यका लोडसेडिङ नगर्ने परीक्षण गरेका प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङ गत वर्ष पनि त्यहीँ बसेर लोड व्यवस्थापनको काम गरेका थिए ।काठमाडौंमा ८ वटा प्रसारणलाइनबाट विद्युत् भित्रिने गरेको छ । तिहारमा करिब साढे १५ सय मेगावाट विजुलीको माग हुन्छ । लक्ष्मीपूजा दिनमा साढे ३ सय मेगावाटको हाराहारीमा विद्युत् खपत गर्ने उद्योगहरु भने बन्द हुन्छन् ।

प्राधिकरणले देशभर लाइन नकाट्न लक्ष्मी पुजाका दिनमा हेटौंमा रहेको डिजेल प्लान्ट पनि चलाउने गरेको छ । यो १४ मेगावाट क्षमताको प्लान्ट हो ।प्राधिकरणले लक्ष्मी पुजाका दिनमा विभिन्न ठूला होटल, मल तथा व्यापारिक प्रतिष्ठानहरुलाई जेनेरेटर चलाउन आग्रह गर्ने गरेको छ । सर्वसाधारणको घरमा विद्युतको माग बढी हुने हुँदा आज एक दिनका लागि जेनेरेटर चलाएर सहयोग गरिदिन प्राधिकरणले गत वर्ष पनि आग्रह गरेको थियो ।