Friday 13th June 2025

    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न    "दुःख सुनाएर के काम ?" गीत सार्वजनिक

अब छक्का पन्जा ३, पोर्चुगलमा

Saturday, October 27, 2018 National Power

२७ अक्टोबर,  – मेला नेपाल इभेन्ट अग्रनाइजरको भगीनी संस्था मेला लिस्वोआले पोर्चुगलको राजधानी लिस्वनमा छक्का पन्जा ३ प्रर्दशन गर्ने भएको छ । आगामी नोभेम्बर ११ का दिन अभिनियदा स्थित निमास सिनेमा हलमा चलचित्र प्रदर्शन हुँदैछ ।

हाल नेपालमा निकै सफलताका साथ प्रर्दशन भइरहेको र नेपाली चलचित्र इतिहासमानै कृतिमानी व्यपार तर्फ उन्मुख भइरहेको चलचित्रलाइ छक्कापन्जा सिरिजका निर्देशक दिपाश्री निरौलाले निर्देशन गरेकी हुन भने, दिपकराज गिरी, केदार घिमिरे (माग्ने बुढ), जितु नेपाल (मुन्द्रे), किरण केसी लगाएतको निर्माण तथा अभिनय रहेको छ । चलचित्रले नेपालमा दर्शक तथा समिक्षकको सकारात्मक प्रतिकृया पाइरहेको छ ।

नेपाली चलचित्र मार्फत यूरोपमा नेपाली कला संस्कृतिको प्रवर्धन गर्ने तथा पछिल्लो समय युरोपियन बजार नेपाली चलचित्र तथा बृत्तचित्रहरुको गैर कानुनी तवरबाट भइरहेको बजारीकरणलाई रोकी वैध बाटोबाट नेपाली कलासंस्कृतिलाइ डायस्पोरामा फैलाउने उद्देश्यका साथ यस्ता किसिमका कार्यक्रमहरुको आयोजना गर्न लागेको मेला लिस्बोआले का संयोजक रविन उप्रेतिले जानकारी दिए । यसले गर्दा नेपाली कलासंस्कृतिको बजार विस्तार हुने मात्र नभइ निर्माता, कलाकार तथा प्राविधिकहरुले पनि प्रत्यक्ष रुपमा आर्थिक तथा सामाजिक तवरबाट लाभ पाउने अवस्था बन्ने उप्रेतिले जानए ।

छक्का पन्जा ३ पछि अन्य नेपाली चलचित्र तथा नेपाली कलासंस्कृतिलाइ प्रवर्धन गर्ने खालका अन्य कार्यक्रमहरु पनि गर्ने नियमित कार्यतालिका समेत रहेको मेला लिस्वोआका सदस्य हरिविक्रम थापाले जानकारी दिए ।

नोभेम्बर ११ मा छक्कापन्जा ३ प्रर्दशन हुने जानकारी पाए लगत्तै पोर्चुगलमा रहेका नेपालीभाषीहरु निकैनै उत्साहित र उक्त चलचित्र हेर्न आतुर रहेका छन् । चालचित्रको टिकट मुल्य १० यूरो तोकिएको छ ।