Friday 13th June 2025

    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न    "दुःख सुनाएर के काम ?" गीत सार्वजनिक

पोर्चुगलमा दशैं विशेष कार्यक्रम

Tuesday, October 23, 2018 National Power

नेपाली हिन्दुहरुको महान पर्व वडा दशैको उपलक्ष्यमा पोर्चुगलको सान्तोतोनियामा विशेष सांस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली समाज सान्तोतोनिया पोर्चुगलको आयोजनामा भएको उक्त कार्यक्रममा उक्त क्षेत्रमा वसोवास गरी विभिन्न पेशा तथा व्यवसायमा रहेका नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

आफ्नो घर परिवारबाट टाढा रहेका दाजुभाइ तथा दिदिवहिनीहरुको लागि आफ्नो चाडपर्व तथा रितिरिवाजबाट टाढिएको महशुस नहोस भन्ने हेतुले विभिन्न समयमा यस्ता प्रकारका कार्यक्रमहरुको आयोजना गरिने गरेको नेपाली समाज सान्तोतोनियाका अध्यक्ष कमल ठकुरीले जनाए । साथै उनले समाजले यस्ता किसिमका मनोरन्जन तथा शुभकामना आदप्रदानको कार्यक्रहरु मात्र नभई यस क्षेत्रमा रहेर विभिन्न पेशा व्यवसाय गरिरेका नेपालीहरुलाई विभिन्न समयमा आइपर्ने समस्याहरु निराकरण गर्न पनि भूमिका खेल्ने गरेको बताए ।

कार्यक्रमममा कलाकारहरुले गित तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।