Tuesday 16th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

काभ्रेको भुम्लु गाउँपालिकामा लास फेला, एक अपरिचित र अर्को शंकास्पद

Friday, October 19, 2018 National Power

२, कार्तिक / काभ्रे – काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिका–८ स्थित सुनकोशीमा शनिबार एक अज्ञात पुरुष मृत फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उक्त लास अन्दाजी ३० र ३५ वर्षका देखिने सुनकोशी नदीको छेउमा ढुङ्गामा अड्किइ सडेगलेको र क्षतविक्षत अवस्थामा भेटिएको हो । उक्त लासको पहिचान खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी नमोबुद्ध नगरपालिका–२ डुडीगाउँका एक वृद्ध शनिबार बिहान मृतावस्थामा भेटिएका छन् । ७६ वर्षका ज्ञानध्वज लामा आफ्नै कटेज बाहिर मृतावस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी उपरीक्षक रविराज खड्काले बताए ।

“ढुङ्गाले हानेर मारेको देखिएको प्रारम्भिक अनुसन्धानमा खुलेको बताउदै प्रहरी उपरीक्षक खड्काले घटनाबारे थप अनुसन्धान गरिरहेको वताए ।

लामालाई बिहान उनकै कटेज बाहिर मृतावस्थामा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

–  तेमाल अन्लाईन बाट