Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

साउदीमा रहेका मोडल अनुप खड्काले दिए दशैँको शुभकामना

Thursday, October 18, 2018 National Power

१, कात्तिक / काभ्रे – साउदीमा रहेका मोडल अनुप खड्काले दिएको दशैँको शुभकामना येस्तो छ । आजको टिका परिवारप्रतिको माया, शुभआशिरबाद, माया र भक्तिको समिक्ष्रण थियो । शत्रुको शिर पाउमा परुन दुर्गा भवानिले रक्षा गरुन् नाम र शानले शत्रुको शेखी झरुन, सरस्वती र लक्ष्मी माताको सबैको घरमा बास होस् चन्द्रमा सँधै दाहिने हुन् ।

नेपाली दाजुभाइहरुको मनोकामनाहरु पुरा हुन मनले आँटेको, ताकेको पुगोस् सबै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको घरमा खुशीको बास होस् शत्रु, दुश्मन र शैतानको दुर्गा भवानिले नाश गरुन मनमा खुशी छाओस तेत्तिस कोटी देबी देवता दाहीना हुन, नव दुर्गा भवनीले सदा-सर्वदा सफलताको ताज पहिराउँन ।

सबै नेपालीहरुको मनको ढुकढूकी हुन सफल होस् धनकी देवीले बास गरुन, देश तथा बिदेशी भुमिलाई कर्मथलो बनाई कार्यरत समस्त नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको टिका निधारमा होस, जमरा होस कानमा, खुशी छाओस परिवारमा, अनि शान्ती देशमा, दशैँको खुसिनै खुसिको बास होस, दुस्ख र शत्रुहरुको नास होस ।

दुबो जमरा मौलाए झै मौलाओस् जीवन, टिकाको रङ्ग झै रङ्गियोस् मन पलपल होस प्रगति, सधै रही रहोस् सुख, शान्ति र समृद्धि माता दुर्गाले गरुन सबै दुःख, कष्ट, रिस- राग, दोष र पिर- ब्यथाहोस् सबै नष्ट होस् हर कदममा उन्नती, पाईला पाईलामा होस् सँधै प्रगति बढुन उन्नतिका पाईला सदा, नरोकिउन ईच्छा सयपत्री फुल झै हासिरहनु, परीवारीक झगडा कहिल्यै नहोस्

सत्कर्म र सद्भावको चाहाना, विजया दशमी २०७५सालको अग्रिम मङ्गलमय शुभकामना विजया दशमीको अवसरमा सम्स्त नेपाली दाजुभाई तथा दिदि बहिनिहरुलाई हार्दिक मंगलमाय शुभकामना ।