Thursday 21st February 2019

    आदित्यको माया गर्ने मान्छे    पशुपतिको गीतमा प्रधानमन्त्रीको कटाक्ष    पशुपतिको गीतमा प्रधानमन्त्रीको कटाक्ष    ओली - प्रचण्ड एक्सन : असफल मन्त्री हटाईदै    कांग्रेसले देशलाई पछाडि फर्काउने कुचेष्टा गरिरहेको छ : प्रधानमन्त्री ‌‌‍ओली

प्रथम भुम्लु हिमालयन गोल्डकप २०७५ फाईनल भोलि

Tuesday, October 16, 2018 National Power


३० असोज ,काभ्रे / अरबिन्द्र गौतम –काभ्रेपलान्चोक जिल्लाको कोशिपारिमा दुई वाट गाउँपालिका रहेका छ्न भुम्लु गाउँपालिका र चौरी देउराली गाउँपालिका दुई गाउँपालिका लाई समेटेर भुम्लु गाउँपालिकाको भुम्लु हिमालयन युवा क्लब र भुम्लु गाउँपालिका ५ नं वडाले फुटबल प्रतियोगिता आयोजना गरेको छ ।

भुम्लु गाउँपालिका बिकासउन्मुख गाउँपालिका पर्दछ । गाउँपालिकामा यतिबेला बिकासका कामले तीब्रता पाएको छ् । कोशिपारिको बिकासमा खेलकुदले महत्त्वपूर्ण भुमिका खेलेको छ । कोसीपारीको अहिलेसम्मकै सर्बाधिक पुरस्कार राशि भएको  प्रथम भुम्लु हिमालयन गोल्डकप – २०७५  मा दुई गाउँपालिका बाट १४ वाट टिमले प्रतियोगितामा भाग लिएका छन् ।

कोसीपारीको अहिलेसम्मकै सर्बाधिक राशि भएको प्रथम भुम्लु हिमालयन गोल्डकप – २०७५ भुम्लु हिमालयन युवा क्लब र भुम्लु गाउँपालिका ५ नं वडा कार्यालयको आयोजना प्रतियोगितामा संचालन भएको छ प्रतियोगिता यहीँ असोज २७ गते देखि संचालन भएको थियो र आज सेमिफाइनल खेल हुदै छ भने भोलि ३१ गते फाइनल खेल हुनेछ ।

भुम्लु हिमालयन युवा क्लब र भुम्लु गाउँपालिका ५ नं वडा कार्यालयको आयोजना बृहत फुटबल प्रतियोगितामा विजेता हुने टिमलाई नगद एक लाख सहित शिल्ड र मेडल उपलब्ध रहेको छ भने उपविजेता हुने टिमलाई नगद ५० हजार पुरस्कार रहेको छ ।

प्रतियोगिता लाई कसरी हेर्नू भएको छ .?  स्थानीय क्रान्ति दोङ : खेलकुदले गाउँको समेत बिकास भएको छ नयाँ खेलाडीहरु जन्म हुने देखिन्छ । सरकारले खेल मैदान खेलाडीहरु लाई धेरै रकम दिएको छ । गाउँपालिकाले पनि २ लाख हरेक वडा लाई खेलकुद लागि दिएको छ ।