Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

दशैंको सातौ दिन देशभर हर्ष वढाई गर्दै फुलपाती भित्र्याईयो

Tuesday, October 16, 2018 National Power

३० असोज, काठमाडौं – आजदेखि हिन्दुहरुको दशैंको खास दिन शुभारम्भ हुन्छ । आजको दिनलाई लोकभाषामा फूलपाती भन्छिन् । चाड मनाउन घर फकर्नेहरु प्रायः आजैका दिन आफ्नो गाउघरमा पुगिसक्ने प्रचलन छ ।आजको दिनलाई शास्त्रीय रुश्रपमा कालरात्री भन्ने गरिन्छ । माता दुर्गाको सातौंं शक्तिलाई कालरात्रीको नामबाट चिनिन्छ । देवी कालरात्रीको पूजा आरधना गरी सप्तमी तिथि मनाइन्छ । यस दिनलाई फूलपाती भित्र्याउने दिनका रुपमा मनाइन्छ ।


कालरात्रीको पूजा उपासना गर्ने विधि पनि फरक(फरक छन् । आजका दिन साधका मन सहस्र चक्रमा स्थिर हुने र ब्रह्माण्डका समस्त ढोका खुल्छन् भन्ने मान्यता छ ।देवीले कालरात्रीको रुप लिएर सबै असूर शक्तिमाथि बिजय प्राप्त गरेको दिनका रुपमा यस दिनलाई लिइन्छ । कालरात्रीमा देवीलाई कतिपयले बली दिन्छन् ।

असूरको बध गरेर बिजयी भएकी कालरात्री देवीको एक हातमा तरबार र अर्को हातमा असूरको टाउको हुन्छ । कालरात्री देवीको बाहन गधा हो । कालो रातमा असूर शक्तिको बध गर्ने देवीको कााधमा बिजुलीजस्तै चम्किलो माला रहेको विश्वास गरिन्छ ।हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन् । जसलाई नवरात्रभर हरेक दिन फरक(फरक स्वरुपमा पूजा आराधना गरिन्छ