Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

टंक बुढाथोकीको स्वरमा झोटनले ल्याए प्रहरीको दशैं तिहार गीत

Sunday, October 14, 2018 National Power

काठमाण्डौ “जिम्मेवारी निभाउदै छु नेपाल आमाको” वोलको दशै गति सार्वजनिक भएको छ । नेपाल प्रहरीमा कार्यरत गीतकार झोटन मेहताको रचना र संगीत रहेको गीतमा टंक बुढाथोकीले उक्त गीतमा स्वर दिएका हुन् भने निर्देशन पनि टंक बुढाथोकी कै रहेको छ ।

विषेश गरेर दशै तिहार जस्ता नेपालीहरुका महान चाड पर्वहरुमा घर जान नपाउँदाको पिडालाई समेटेर तयार पारिएको भिडियोमा नेपाल प्रहरीमै कार्यरत कलाकार पुरुषोत्तम सानु, झोटन मेहता लगायत १०० भन्दा वढि प्रहरीहरुको अभिनय देख्न सकिन्छ ।