Friday 30th October 2020

    जो जहाँ छौं , त्यहीँ बसेर हाँसी खुशी दशैं मनाऔं    दक्षिण एशियामा चीनलाई अमेरिकाको काउन्टर    जनचेतना नेपालद्वारा काभ्रेकाे माझी गाउँमा दशैंको शुभकामना साँट्दै ४९ परिवारलाई खाद्यान्न वितरण    थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या डेढ लाख नाघ्यो    अनलाइन सुपर किड्स डान्स एंड सिन्गिंग कोम्पेटिशन सम्पन्न

कस्ले कस्को चोर्यो ? नेपाली सिनेमा दर्पण छाँया VS बंगाली सिनेमा प्रानेर मानुष

Saturday, October 13, 2018 National Power


काठमाण्डौ – नेपाली चलचित्रको ईतिहास आधा शताव्दिको छ, यस विचमा नेपाली कला र संस्कृति झल्कने सिनेमाहरुको निर्माण तिनताका हुने गर्दथे । पछिल्लो केहि दशकको अभ्यासलाई हेर्ने हो भने बम्बैया प्रविधि जसरी नेपाली सिने क्षेत्रमा भित्रियो त्यसले नेपाली दर्शकहरुलाई सस्तो मनोरञ्जन त दियो नै नेपाली चलचित्र क्षेत्रको हविगत तापाई हाम्र सामु छर्लङ्ग नै छ । आज हरेक हप्ता केही न कोही निर्माताहरु आफ्नो भविश्यलाई अँध्यारोमा धकेल्दै छन् नेपाली सिनेमाको श्रीवृद्धिका लागि यसको श्रेय बम्बैया प्रविधिका हिमायति तिनै हस्तीहरुलाई जाने गर्दछ ।

बम्बैया प्रविधि गलत नै त हैन त्यो प्रविधिसंग उतैको संस्कार, संस्कृतिलाई पनि हुवहु उतारिन थालियो साथै सिनेमाको कथा, प्रस्तुती सवै, यसको पछिल्लो उदाहरण हो बंगाली सुपरहिट सिनेमा प्रानेर मानुष सन् १९९६ र नेपाली सुपरहिट सिनेमा दर्पण छाँया सन् २००१, यि दुवै सिनेमा कथा वस्तु उस्तै छन् गीतहरु पनि उस्तै छन् याहाँ सम्म की चलचित्रमा अभिनय गर्ने पात्रको नाम समेत हुवहुकपि गरिएको छ । कला र साहित्य भनेको व्यक्तिको मन मस्तिस्क र हृदयबाट प्रस्फुटन हुने कुरा हो यसलाई सर्जकहरुले भावी पुस्ताका लागी समेत अध्ययन गर्न सक्ने हिसावले श्रृजना गरेका हुन्छन् तर सिनेमा जस्तो आम मानिसहरुले वुुझ्ने र मानिसहरुलाई सजिलै वुझाउने माध्यमलाई नै द्धिग्गज सिनेमेकरहरुले ख्याल ठट्टाको विषय वनाउँदै आएको पाईएको छ । हुनत सवै मेकरहरु गलत छैनन् ति मेकरहरुले आफैलाई वन्धकी राखेर पनि नेपाली सिनेमाको साखलाई जोगाएका छन् ।

प्रसंग हो वरिष्ठ चलचित्र निर्देशक तुलषी घिमिरेको, उनी भारतिय मुलका नेपाली भाषी हुन्, उनले दर्जनौ सुपरहिट सिनेमा नेपाली सिने उद्योगका लागी पस्कि सकेका छन्, नेपाली सिने उद्योगको लागी गुण पनि लगाएका छन् । नेपालमा नेपाली ट्रिपिकल सिनेमाहरु वनिरहेको समयमा बम्बैया शैलिका कथानक सिनेमाहरुको ट्रेण्ड लाई भित्र्याउने् श्रेय घिमिरेलाई नै जाने गर्दछ ।


आज चलचित्रको हुवहु कपिको प्रसंगले नेपाली दर्शकहरु र मेकरहरुको मत एक आपसमा बाझिएका छन््, उनिहरुका अनुसार सुपरहिट निर्देशक तुलषी घिमिरेको दर्पण छाँया सन् २००१ मा प्रदर्शनमा आएको भनिएको छ भने बंगलादेशका सुपरहिट चलचित्र निर्देशक अमजद हुसैन निर्देशित सिनेमा प्रानेर मानुष सन् १९९६ मा प्रदर्शित भएको भनिएको छ । तर सन् १९९६ मा बनेको बंगाली चलचित्र प्रानेर मानुष र सन २००१ मा नेपाली चलचित्र दर्पणछाँया हेर्दा अचम्मित न हुने कोही पनि नहोला । अधिकांस नेपालीहरुले बंगाली भाषा नवुझने भएका कारणले पनि मिडिया एवं सामाजिक रुपमा हुवहु कपिको प्रसंग बाहिर नआएको हुन सक्छ । सुन्नमा आएको कुरा त दर्पण छाँयाका निर्देशक तुलसी घिमिरेले नै बंगाली चलचित्र प्रानेर मानुषको हुबहुकपि गरेका हुन् रे , तर कसले, कहिले र काहाँ चलचित्र निर्माणका लागी हुवहुकपी गर्यो त्यो आउने दिनमा तिनै कपी सर्जकहरुले जानकारी देलान् नै ।

सन् १९९६ मै वनेको भनिएका प्रानेर मानुष सिनेमालाई सन् २०१८ मा सिडि प्लस मुभिजले यूटुवमा सार्वजानिक गरेको छ भने सन २००१ मा प्रदर्शन गरिएको दर्पण छाँयालाई सन् २०१६ मा ओएस्आर डिजिटलले यूटुव मार्फत सार्वजानिक गरेको छ

हेर्नुस हुवहु रुपमा एकले अर्काको चोरेको या चोराईएका चलचित्रहरुलाई