Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

‘सिम सिम पानी’ लिएर आए कृष्णभक्त

Saturday, October 13, 2018 National Power

काठमाण्डौ – लामो समयदेखि हङकङ बसोबास गरिरहेका कृष्णभक्त महर्जनले पहिलो पटक नेपाली भाषाका गीत लिएर आएका छन् । संगीतकारिताकै लागि रोजगारी भिसामा हङकङ प्रवेश गरेका महर्जनले ब्यवसायिक तबलावादकका रुपमा थुप्रै साल गजल रेस्टुरेन्टहरुमा सुरुवाती दिनहरु बिताएका थिए । हाल हङकङका स्थायीवासी रहेका उनी सपरिवार बसोबास गरिरहेका छन् ।

उनको संगीत र छोरी सोनम महर्जनको स्वरमा “नेपाली छोरी” एल्बम निस्किसकेको छ भने उनको आफ्नै संगीत र गायन रहेको नेपाल भाषाको डि भि डी पनि आइसकेको छ ।

निम्न गीत भने उनको स्वरको पहिलो नेपाली भाषाको गीत रहेको छ , “सिम सिम पानी” बोल को यस गीतमा कृष्णकै शब्द र संगीत रहेको छ भने गोपाल रसाइलीको संगीत संयोजन र मिन बिष्टको ध्वनि सम्मिश्रण रहेको छ ।

सृष्टी खड्का र सागर लोप्चन अभिनित भिडियोलाई सोनम पाख्रिनले निर्देशन गरेका हुन् , संपादन विकास दाहालको र क्यामेरा उत्सव दाहालको रहेको छ । सागर लोप्चनकै नृत्य निर्देशन रहेको यो भिडियो नृत्यका पारखीलाई विशेष मनपर्नेछ ।