Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

सारिका घिमिरेको ‘दिल टुटेको कसरी भनु’ सार्वजनिक (भिडियो)

Monday, October 8, 2018 National Power

काठमाडौं – गायिका तथा नायिका सारिका घिमिरे दिल टुटेको कसरी भनु भन्दै आएकी छन् । उनको सार्वजनिक नयाँ गीतमा उनी यसो भन्दै आएकी हुन् । सारिकाकै शब्द, स्वर र सङ्गीत रहेको गीत ‘दिल टुटेयो कसरी भनु म‘। ’को गीतको भिडियो सार्वजनिक भएको हो ।

विरेन्द्र भाट ‘विपिन’को निर्देशन रहेको गीतको भिडियोलाई शुसिल डागीले छायाँकन र विरेन्द्रले नै सम्पादन गरेका छन् । गीतको शब्द र स्वर जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।

गतवर्ष मोहनी एल्बम स्रोतारदर्शकमाझ ल्याएर यसक्षेत्रमा औपचारिक रुपमा होमिएकी सारिकाका धेरै गीत स्रोताको रोजाइमा परेका छन् । एक पछि अर्को गीत मार्फत आफ्नो गायनको उचाईलाई अझैँ अग्लाएकी उनले पाश्र्व गायनमा समेत तारिफ बटुलेकी छन् । अभिनयसँगसँगै गायनमा पनि व्यस्त रहेकी शारिकाले भनिन्, ‘गायनमा मेरो पहिलो प्राथमिकता यो त्यो भन्ने छैन सबै प्रकारका गीत गाएकी छु र गाउँन सक्छु ।’