Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

विष्णु रिमालले योगेश भट्टराईलाई भने– किन उम्लिनुहुन्छ थाहा छैन

Sunday, October 7, 2018 National Power

२१ असोज ,काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रधानमन्त्री केपी ओलीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले नेताहरुबीचमा विवाद नभएको दावी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रिमालले संचारमाध्यममा आएजस्तो विवाद र चर्काचर्की नभएको जिकिर गरेका हुन् ।

नेताहरुबीचमा संवाद भइरहेको दावी गर्र्दै रिमालले विवाद हुनुपर्ने विषय नभएको उनको भनाई छ । प्रधानमन्त्री ओली विदेश भ्रमणमा रहेका बेला नेता माधवकुमार नेपालले देश डुब्न लाग्यो, सरकारको काम प्रभावकारी भएन भनेर संसदमा भनेको विषयलाई रिमालले ठूलो विवाद बनाउन नहुने बताए । कतिपय विषयमा सरकारले प्रभावकारी ढंगले काम गर्नुपर्छ भन्ने आग्रहलाई विवादको रुपमा लिन नहुने रिमालको भनाई छ ।

ओलीसँगै अमेरिका भ्रमणमा रहेका रिमाल र नेपालमै रहेका नेता योगेश भट्टराईबीच टुइटमै आरोप प्रत्यारोप भएको थियो । यस विषयमा धमलाले प्रश्न गर्दा रिमालले भने, “टुइट सुइटका विषयमा जान आवश्यक छैन । सबैले आफ्ना विचार लेख्ने हो । साथीहरु किन उम्लिनुहुन्छ रु किन पोखिनुहुन्छ त्यो मलाई थाहा छैन ।”

टुइटमा लेखिएको विषयलाई समाचार बनाउनु गलत भएको भन्दै उनले अरु विषय नपाएर आफूहरुको टुइटमा राखिएका विचारलाई नै समाचार बनाइएको आरोप लगाए । दलभित्रकै नेताहरुले सरकारको आलोचना गर्नु सरकारको काम प्रभावकारी रुपमा होस् भन्ने चाहना भए पनि केही साथीहरुले कुरा नबुझी आलोचना गर्ने गरेको रिमालको भनाई छ । अहिले सरकारको आलोचना गर्ने समय नभएको बताउँदै रिमालले सरकारले राम्रा काम गरिरहेको दावी गरे ।