Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

मिराज कोईरालाको त्रिकोणत्मक प्रेम (भिडियो सहित)

Friday, October 5, 2018 National Power

काठमाण्डौ – आफुले आँफैलाई भन्दा बढी माया गर्ने मान्छे अरुको अङ्गालोमा बदिएको भेट्नु भो भने कस्तो महसुस गर्नु हुन्छर  ?  हो यस्तै बज्रपात घटेको छ कलाकार र मोडेल तथा गायक मीराज कोइरालालाई। त्रिकोणात्मक प्रेममा अधारित कथा, पुरै बुज्नको को लागि धोका नाम दिएको म्युजिक भिडियो हेर्नु पर्ने हुनेछ।
सिंगो फिल्मजस्तो लाग्ने यो दृश्य हालै मात्र आरसी कोइरालाको परिकल्पनामा गीतकार क्षितिजू आर सि कोइरालाले लेखेको गीतको म्युजिक भिडियोको हो । स्वयम् आर सि कोइरालाले निर्देशन गरेको म्युजिक भिडियोलाई नारायण राज सत्यलले छायांकन गरेका छन्।

बाङ्लादेशी संगीतकार एम. ए. रहमानले संगीत भरेको माया थिएन थियो त्यो धोका बोलको गीतमा यस गीतका नायक मीराज कोइराला स्वयमले स्वर दिएका छन्। कलाकार र मोडेल तथा गायक मीराज कोइरालाको मुख्य भूमिका रहेको भिडियोमा कलाकार तथा मोडेल प्रमिला रिजाल र बिधान कोइरालाले अभिनय गरेका छन। आर एस फिल्म्स मार्फत डिजिटल बजारमा प्रस्तुत म्युजिक भिडियोको सम्पूर्ण छायाँकन पोल्यान्ड र टर्की गरिएको थियो ।