१८ असोज , काभ्रेपलान्चोक / अरबिन्द्र गौतम – बनेपाको नयाँ बस्तीमा रहेको श्रिकृष्ण प्रणामी मन्दिरले पशुबली निषेध चेतना अभियान शान्ति यात्रा यहीँ असोज २० गते गर्दै छ।
दुर्ब्यसन त्यागौ, सेवामुखी बनौं भन्ने मुल नारा लिएर बनेपा नयाँ बस्तीमा रहेको श्रिकृष्ण प्रणामी मन्दिरले पशुबली निषेध चेतना अभियान शान्ति पदयात्रा गर्दै छ। पदयात्रा यहीँ असोज २० गते बिहान् ७: ३०बजे देखी श्रिकृष्ण प्रणामी मन्दिर बनेपा नयाँ बस्ती बाट सुरु भई बनेपा बजार परिक्रमा गरि कार्यक्रम समाप्त हुने जनाएको छ।
हिन्दुहरुको महान पर्व बडा दशै र शुभ दिपावालिको अवसरमा हुने पशुबलि लाई निषेध गर्ने र सबैमा स- सचेतना जगाउने उदेश्यले शान्ति पदयात्रा कार्यक्रम गर्न लागेको बताउछन् ।
हिन्दुहरुको महान पर्व बडा दशै र शुभ दिपावालिको अवसरमा धेरै पशुबलि दिने चल्न चल्दै आएको छ् ।