Tuesday 20th October 2020

    सरकारलाई कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय फिर्ता लिन नेता नेपालको आग्रह    गायक सिताराम पोखरेलको मनको मैलो सार्वजानिक ( भिडियो सहित)    'मिस्टर एण्ड मिस टिकटक' का लागि ग्लोबल अनलाईन पेबाट भोटिङ खुल्ला    नेपाल टेलिकमले ९० दिनसम्मका लागि अटम अफर उपलब्ध गराउने    आइसोलेसन केन्द्र निर्माणमा सरकार युद्धस्तरमा लाग्नुपर्छ :डा. उपाध्याय

बलिउडका चर्चित हस्तिहरुसंग काम गर्ने अवसर पाएका संगीतकार सन्तोष राज

Tuesday, October 2, 2018 National Power


काठमाण्डौ – राम्रा गीत सङ्गीत सिर्जना गर्ने थुप्रै सङ्गीतकार छन् नेपालमा । तीमध्ये कमैले मात्र बलिउडका गायक गायिकासँग काम गर्ने अवसर पाएका छन् । अवसर पाएकाले पनि दर्जनभन्दा बढी गायक गायिकासँग काम गरेको भेट्टाउन मुस्किल पर्छ । तर सन्तोष राज यस्ता नेपाली सङ्गीतकार हुन् । जसले एक, दुई होइन ४० भन्दा बढी बलिउड गायक गायिकासँग काम गरिसकेका छन् ।

सन्तोष भोजपुरीका चर्चित सङ्गीतकार हुन् । मैथिली गीतमा समेत सङ्गीत गरेका उनले नेपाली फिल्म र एल्बमका गीतसमेत गर्दै आएका छन् । केही पहिले प्रदर्शनमा आएको चलचित्र ‘नेप्टे’ र ‘तोरी लाउँहुरे’को ‘कोही छन् मस्तीमा’ बोलको आइटम गीत बलिउड गायिका कल्पनाको स्वरमा रेकर्ड गराएका थिए । मैथली, भोजपुरी र नेपाली गीतमा सङ्गीत सिर्जना गर्न आफूलाई निकै आनन्द आउने बताउने उनी थोरै समय नेपाल र धेरै बलिउड बस्ने गर्दछन् ।

०६३ मा ‘गोर्की के गोर्की’ मैथिली गीतको एल्बमबाट सङ्गीत होमिएका उनले भोजपुरी र मैथिलीका गीत पनि गाएका छन् । करिब ७० मैथिली गीतमा सङ्गीत गरेका उनले एल्बम र चलचित्रका गरेर ४ सयभन्दा बढी भोजपुरी गीतमा पनि सङ्गीत भरेका छन् । उनले केही चलचित्र र थुप्रै फुटकर गीतमा समेत सङ्गीत गरेका छन् । हालै मात्र उनले चर्चित गायक राजेशपायल राईको ‘दर्शन नमस्ते ४’ एल्बम सकाएका छन् । यो एल्बम छिट्टै बजारमा आउँदैछ । ‘विश्वमै सङ्गीत एउटै हुन्छ । फरक काम गर्ने तरिका हो’ भन्ने सन्तोषको शब्दमा बलिउडका दस गायक गायिका उदित नारायण झा ,कुमार सानु ,विनोद राठोर ,जावेद अली ,रूपकुमार राठोर ,कल्पना ,सेल हाडा ,अनुप जलौटा ,अलका याग्री , पमेला जैन लगायतका हस्तिहरु संग काम गरिसकेका छन् ।