Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

नाटक बोक्सी उद्योगमा किरण रेग्मी बडाघरे को छोरो बने

Monday, October 1, 2018 National Power

१५ असोज , काभ्रे र अरबिन्द्र गौतम – बनेपा महिलाहरु कुनै न कुनै रुपमा हिंसामा परेका छन् भन्ने यथार्थ कथा बोकेको नाटक बोक्सी उद्योगमा नेपाली समाजको दर्दनिय पाटो देख्न सकिन्छ ।

दारी ग्याङको सहकार्यमा लाल्टिन नेपालको प्रस्तुति रहेको नाटक बोक्सी उद्योग राजधानीको थापा गाउँ स्थित कुञ्ज नाटक घरमा यहि असोज ५ गते देखि २० गतेसम्म संचालन भईरहेको छ ।

तीन दशक रंगमञ्चमा बिताएका प्रभाकर देव शर्माको निर्देशनमा तयार भएको नाटकको परिकल्पना के.सी राजा र पदम घिमिरे बाट भएको हो भने लेखन राम कुमार एलन बाट भएको हो ।

२०७५ असोज ५ गतेदेखि २० गतेसम्म आईतबार बाहेक कुन्ज थिएटर, थापा गाउँ, बानेश्वरमा साँझ ५ बजे शनिवार अतिरिक्त सो दिउँसो १स्०० बजे रहेको छ ।

नाटक बोक्सी उद्योगमा विभिन्न पात्रहरु के.सि राजा, पदम घिमिरे, दिपिका थापा, टार्जन दाहाल, नमस्ते दिवाकर घिमिरे, बिकास शर्मा, प्रलाप राई, किरण रेग्मी, प्रमिसा राई, ऋषिकेश बस्याल, बालानन्द मैनाली, नितु पौडेल, अल्बिना न्यौपाने, रोयल राय रहेका छन् ।