Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

सुरुङमार्ग बनाउने जिम्मा प्रदेश सरकारलाई देऊ : सांसद अधिकारी

Tuesday, September 25, 2018 National Power

९ असोज, काठमाडौं –  राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले काठमाडौं हेटौडा सुरुङ मार्ग निर्माणको स्वीकृति प्रदेश सरकारलाई दिन केन्द्र सरकारलाई आग्रह गरेका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकको विशेष समयमा उनले सुरुङमार्गका लागि प्रदेश सरकारले मागेको स्वीकृतिलाई सदर गर्न केन्द्र सरकारलाई आग्रह गरेका हुन् ।

‘एक घण्टामा पुगिने बाटो ८ घण्टामा हिँड्ने, ६ बर्ष अगाडि हामी गर्छौ भनी गरेको प्रतिवद्धता आजसम्म केही पनि नहुने र अहिले प्रदेश सरकारले हामी बनाउछौ भनेर अठोट गर्दा त्यसलाई हामीले समर्थन गर्नुपर्ने कि नपर्ने रु’ उनले प्रश्न गरे । तात्कालिन संविधानसभा सदस्यमध्ये काठमाडौ उपत्यकाका ४३ जना सदस्यले हेटौडा काठमाडौ सुरुङ मार्ग बनाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिएको स्मरण गर्दै अधिकारीले निर्धारित समयमा निर्माण सम्पन्न नगर्ने निजी कम्पनीसंगको सम्झौता रद्द गर्नुपर्ने बताए ।

उनले ६ बर्षअघि ४ बर्षमा बनाउने गरी सुरुङ बनाउने जिम्मा दिएको भए पनि पटक पटक म्याद थप्ने काम मात्रै भएकाले सो सम्झौता रद्द गरियोस् भनी प्रदेश सरकारले गरेको मागलाई आफूले समर्थन गर्ने बताए । अधिकारीले सडक बनाउने सम्पूर्ण जिम्मा प्रदेश सरकारले लिएर बजेटसमेत छुट्याएकाले निजी कम्पनीसंग भएको सम्झौता रद्द गर्न पनि केन्द्र सरकारलाई आग्रह गरे ।