Wednesday 31st December 2025

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

दुबैमा सम्पन्न मोडल संङ्स अवार्डमा उत्कृष्ट चलचित्र निर्देशकको अवार्ड खरेललाई प्रदान,

Sunday, September 23, 2018 National Power

युएई- चलचित्र विरानो मायाबाट  निर्देशक माधव राज खरेल र नायक श्रीदेव भट्राईलाई अवार्ड प्रदान गरिएको छ । लामो समय देखि नेपाली चलचित्रमा होमीएका खरेल म्युजिक भिडियो र बृत्तचित्र निर्माण तथा निर्देशनमा पनि उत्तिकै व्यस्त निर्देशक हुन् । नेपाली चलचित्र ढु्गे युग,विरानो माया,कुईनेटो,दुर्गामाण्डौ,र ढुङ्गे युग २को सफल निर्देशन गरिसकेका खरेल यस अघि पनि उत्कृष्ट निर्देशकको अवार्ड तथा सम्मानबाट सम्मानित भईसकेका छन् । नेपालमै नौलो प्रविधिको सुरुवात स्वरुप मौन चलचित्र ढुङ्गे युगको सफल निर्देशन गरेर मौन चलचित्र निर्देशकका रुपमा चिनिएका खरेलले हालै दुबैमा सम्पन्न अन्तराष्ट्रिय स्तरको अवार्ड प्राप्त गरेका हुन । नेपालका चर्चित कलाकारहरुको प्रस्तुतिसहित वर्ड दुवईको मोन्ट क्लवमा मोडल सङ्गस अवाडर्, सम्पन्न भएको हो ।


‘नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’ भनिएको यो अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, भजन, लोकदोहोरी, पप, तीज गीत, फेशनलगायतका विभिन्न २८ विधामा अवार्ड प्रदान गरिएको थियो । नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शोहरु आयोजना गरेर चर्चा कमाएको मोडल सङ्गस नेपालले आयोजना गरेको अवार्ड कार्यक्रमा दुवईमा रहेका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुको आतिथ्य एवम् सहभागितामा रहेको थियो ।
एनआरएन दुवईका अध्यक्ष रमेश श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युएईका अध्यक्ष रेखा घिमिरे, नेपाली एशोसिएसनका अध्यक्ष डा. दिनेश आचार्य विशेष अथिति र आकाश कोइराला, यदु कोइराला, राम तामाङ, युएईमा क्रियाशील सामाजिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुलगायतका अतिथिहरु रहेका थिए ।  ‘नेपालबाट तीन दर्जनभन्दा बढी कलाकार सहभागीतामा हामीले दुवईमा मोडल सङ्गस अवार्ड भव्य रुपमा सम्पन्न गरेका छौं,’ मोडल सङ्गस नेपालका लागि आयोजक डेभिल सिंह राजपुतले भने ।

अवार्डको एसोसियट्समा पेजेन्ट नेपाल रहेको थियो । ‘नेपाली कला संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउँनका लागि हामीले दुवईमा यो अवार्ड गरेका हौं’, पेजेन्ट नेपालका सिइओ तथा कार्यक्रम निर्देशक राज लुइटेले भने । दुवईमा भएका नेपाली कार्यक्रम मध्ये अहिलेसम्मकै उत्कृष्ट कार्यक्रम भएको अतिथिहरुले बताए ।
अवार्ड समारोहमा वेष्ट कमोपजमा रेखा पौडेल चलचित्र हमेशा हमेशाबाट, निर्देशकमा माधब खरेल चलचित्र बिरानो मायाबाट, नायकमा श्रीदेब भट्टराई चलचित्र बिरानो मायाबाट, आधुनिक गीतमा सिताराम पोखरेल साथ रहेछ तिम्रो माायामाबाट, राष्ट्रिय गीतमा सपन श्रेठ, तीज गीत शब्दमा गीता अधिकारी, तीज गीत स्वरमा नितु कोइराला, जुरी अवार्ड मोडलमा सुष्मा अधिकारी, अशोक तामाङ शब्द आधुनिक गीत, इन्दिरा भट्टराई गायिका, सुनिता श्रेष्ठ गायिका भजन, विनोद राज ढुङ्गेल गायक गजल, बाबु बोगटी बेष्ट म्युजिक कमपोज, नन्दा बस्याल म्युजिक भिडियो निर्देशन लोकदोहोरीलाई अवार्ड प्रदान गरिएको थियो ।


त्यस्तै शान्ता तामाङ बेष्ट मोडल आधुनिक गीत, मेनुका बोगटी बेष्ट मोडल फिटनेश, आशा थापा बेष्ट डान्स मोडल, प्रज्ञा ढुङ्गेल, बेष्ट मोडल फेशनेवल, अनु श्रेष्ठ, तिर्सना गुरुङ बेष्ट फेशन डिजाइनर, तिलबहादुर कार्की सोसियल अवार्ड, शुशिला थापा बेष्ट विजनेश अवार्ड महिला, अमिर न्यौपाने वेष्ट विजनेश अवार्ड पुरुष, शरिता श्रेष्ठ बेष्ट कराते प्लेयर खेलकुद, वर्षा कार्की बेष्ट इभेन्ट डाइरेक्टर, विकाश बश्याल बेष्ट मुभि डाइरेक्ट डेब्यु, शावित्री जोशी बेष्ट प्लेब्याक सिंगरलगायत २८ विधामा विभिन्न स्रष्टा सर्जकहरुलाई अवार्ड प्रदान गरिएको थियो ।
मोडल सङ्गस अवार्ड समारोहमा यूएईमा क्रियाशील सामाजिक व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

युएईबाट गीता अधिकारी