Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

इन्द्रजात्रा शुरु, हनुमानढोकामा लिंगो ठड्याइयो .

Friday, September 21, 2018 National Power

५ असोज, काठमाडौं – धार्मिक एवं परम्परागत महत्त्व बोकेको इन्द्रजात्रा पर्व शुरु भएको छ । भाद्र शुक्ल द्वादशीका दिनबाट शुरु हुने यो पर्व शुक्रबारबाट शुरु भएको हो । विशेष गरेर काठमाडौं उपत्यकामा ८ दिनसम्म मनाइने यो पर्वको औपचारिक शुरुवात इन्द्रको मूर्तिस्वरुप लिंगो ठड्याएर गरिन्छ । जसलार्इ नेवारी भाषामा यः सिं भनिन्छ ।

यही परम्पराअनुसार शुक्रबार बिहान हनुमानढोका दरबार क्षेत्रमा लिंगो ठड्याएर यस वर्षको पर्वको शुरुवात गरिएको छ । बिहान ०८ः०३ बजे साइत भएकाले त्यही अनुसार लिंगो ठड्याइएको हो ।

देवराज इन्द्रकी आमा बसुन्धरालाई व्रतका लागि आवश्यक पारिजात फूल टिप्न छोरा जयन्तलाई पठाउँदा दैत्यले पक्राउ गरेको र जयन्तलाई छुटाउन देवता र दैत्यबीच सङ्ग्राम भई देवताको जित भएको खुशीयालीमा इन्द्रजात्रा मनाउने गरिएको किंबदन्ती छ । लिंगो ठड्याएको दिनदेखि आठ दिनसम्म विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ ।