Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

कृष्ण भक्त राईको मर्मस्पर्शी गीत सुनन प्यारी सार्वजानिक ( भिडियो सहित)

Wednesday, September 19, 2018 National Power

काठमाण्डौ – गायक कृष्ण भक्त राईको स्वरमा रहेको सुनन प्यारी बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । दरवारमार्गमा रहेको होटेल लिक्विड लन्चिङ बारमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको म्युजिक भिडियो मा कलाकार तथा मोडल समिर लामा ,विन्दु कोईराला, रविन ढुङ्गेल, एस्मिरा लामा, राजन थापा लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

कार्यक्रममा डिजाईनर एवमं गीतकार सुन्दर श्रेष्ठ, चर्चित संगीतकार सन्तोष श्रेष्ठ, बरिष्ठ गीतकार भरत बम्जन, गीतकार एवम् सञ्चारकर्मी राम अविरल, हास्य कलाकार ईन्द्र दोङ (खम्बे), कलाकार सुनिल कटुवाल, हाईलाईट्स नेपालका जनक तामाङ लगायतको उपस्थिती थियो भने सञ्चारकर्मी एवम् चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारीले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।

मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लि.ले वजार व्यवस्थापन गरेको म्युजिक भिडियोलाई हाईलाईट् नेपालले युटुव मार्फत सार्वजनिक गरेका हो । उक्त गीतको निर्देशन चलचित्र निर्देशक माधव राज खरेलले गरेका हुन् । करिव ६ महिनाको अन्तराल पछि पुनः निर्देशनमा फर्केका खरेलले विषेश गरेर कृष्ण भक्त राईको गीत सुन्दा अहिलेको जल्दोबल्दो विषय भएकोले आफु निर्देशनको लागी तयार भएको बताए ।

खरेलले समिर लामा बाहेकका सबै कलाकारहरु नयाँ भएकोले अलिकति डर लागिरहेको थियो तै पनि राम्रो बनाउने कोशीस गरेको र यसलाई दर्शक तथा स्रोताहरुले मनपराई दिने आशा समेत उक्त कार्यक्रममा व्यक्त गरेका थिए ।गायक एवम् संगीतकार कृष्ण भक्त राईले यो गीतलाई सबै सञ्चार माध्यम र दर्शक श्रोताहरुले स्थान दिनुहुन अनुरोध गर्दै बढी भन्दा बढी दर्शक स्रोताको मायापाउने आशा व्यक्त गरे । राईको यस अधिको नमुछे आमा दहिमा टिका नछरे जमरा सर्वाधिक चर्चामा रहेको गीत हो ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै चलचित्र निर्देशक एवमं निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बैदेशिक रोजगारीमा जाने हरेक नेपालीको पिडालाई यस भिडियो मार्फत सरल भाषामा प्रस्तुत गरिएकोले र यो आम नेपालीहरुको आफ्नै भावना भएकोले पनि गीत सफल हुनेमा आफु विश्वस्त रहेको बताए । मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लि. ले आयोजना गरेको उक्त विमोचन कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई कदर पत्रद्धारा सम्मानित समेत गरिएको थियो ।