Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

निर्मला हत्या प्रकरणः ६ प्रहरी निलम्बित तर, रोकिएन आन्दोलन

Sunday, September 16, 2018 National Power

३१ भदौ, काठमाडौं – गृह मन्त्रालयले निर्मला हत्या प्रकरणको अनुसन्धान गर्न कञ्चनपुर गएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीएसपी अंगुर जिसीसहित ५ प्रहरी अधिकारीलाई निलम्बन गरे पनि आन्दोलन रोकिएको छैन । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि भएको हत्या प्रकरणमा संलग्न दोषीलाई पक्राउ गरेर घटनाबारे यथार्थ विवरण सार्वजनिक गर्न माग गर्दै प्रदर्शन जारी राखिएको हो ।

शनिबारबाट देशव्यापी रुपमा प्रदर्शन सुरु भएको थियो । साँझ गृहमन्त्रालयले डीएसपी जिसीसहित ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक जगदिश भट्ट, एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरेको थियो । यसअघि जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट निलम्बित भइसकेका छन् ।

उनीहरुलाई निलम्बन गरेपछि आन्दोलन मथ्थर हुने अपेक्षा गरिएको थियो । तर, न्यायको माग गर्दै आन्दोलन आइतबार पनि जारी रहेको अधिकारकर्मी शारदा चन्दले अनलाइनखबरलाई बताइन् । स्रोतका अनुसार शनिबारको आन्दोलनपछि ९ अधिकारकर्मीहरु आन्दोलनका कार्यक्रमहरुलाई कसरी अघि बढाउने वा के गर्ने भन्ने बारेमा छलफलमा छन् । उता, गृहले निलम्बन गरेपछि प्रहरी प्रधान कार्यालयमा निलम्बित अधिकारीहरुलाई बोलाइएको छ । प्रहरी मुख्यालयको उजुरी छानबिन शाखाले पनि उनीहरुमाथि अनुसन्धान गर्ने जनाइएको छ ।