Friday 13th June 2025

    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न    "दुःख सुनाएर के काम ?" गीत सार्वजनिक

काभ्रेपलान्चोक जिल्लामा बनेपा महोत्सव २०७५ हुँदै

Saturday, September 15, 2018 National Power

अरबिन्द्र गौतम / काभ्रेपलान्चोक

भदौ ,३० काठमाडौं । काभ्रेपलान्चोक जिल्लाको बनेपामा बनेपा महोत्सव २०७५ यहि असोज ११ गते देखी हुने भएको छ। महोत्सव बनेपा ब्वाइज क्लबले आयोजना गर्दै छ असोज ११ गते देखि २१ गते सम्म महोत्सव संचालन हुने बनेपा ब्वाइज क्लबका अध्यक्ष महेश कर्माचार्यले पत्रकार सम्मेलनमा बताउनु भएको छ।

“हाम्रो अभियान खेलको शान,सँस्कृति र समृद्धि बनेपाको पहिचान ” भन्ने मुलनारा लिएर  जिल्ला सहकारी संघ लि. र आसपासको खाली जग्गा गोदामचोकमा बनेपा महोत्सव २०७५ हुने भएको छ

महोत्सवमा विजया दशामिको पावन अवसरमा आयोजित ब्यापरिक सँस्कृति मनोरञ्जनात्मक खेल मेला पनि हुनेछ
कार्यक्रममा स्थानीय कला, सँस्कृती झल्कने झाँकि , क्लब , विद्यालय , संघ संस्था, समितिहरुको विशेष सहभागिताका साथ बाजागाजासहि समुदघाटन हुने मेलामा कृषि , घरेलु सामाग्री लगाएत १ सय भन्दा बढी ब्यापारिक स्टलहरु रहनेछन् ।

प्रत्येक दिन राष्ट्रिय कलाकारको विशेष सँस्कृति कार्यक्रम , कोरियन प्रबिधि बाट बनेको खाना साथै पोखराको बन्ने थकाली खाना पर्व लक्षित सुपथ मुल्य सपिङ सेन्टरहरुको साथै स्थानीय कलाकारको दैनिकी बेजोड प्रस्तुति रहने आयोजक टिम बनेपा ब्वाइज क्लब ( बि. बि. सी ) ले जनाएको छ ।