Saturday 14th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

कविताको ‘पिरती लाउँदिन दुईतिर गीतको भिडियो सार्वजनिक

Saturday, September 15, 2018 National Power

काठमाडौं- कविता शिवाकोटीको स्वरमा ‘पिरती लाउँदिन दुईतिर…’ गीत सार्वजनिक भएको छ । उनको ‘कविता’ एल्बममा रहेको ‘पिरती लाउँदिन दुईतिर…’ गीतको भिडियो सार्वजनिक भएको हो ।
नायिका प्रियंका कार्की र महेश खड्कालाई फिचरिङ गरिएको गीतको भिडियो आकर्षक बनेको छ । किरण के उप्रेतिको शब्द, पुष्कर सुनुवारको सङ्गीत रहेको गीतमा चन्दु गोर्खालीको सङ्गीत संयोजन रहेको छ । गम्बिर विष्टको निर्देशन तथा कोरियोग्राफर रहेको गीतको भिडियोलाई नवराज उप्रेतिले छायाँकन गरेका हुन भने नवीन निरौलाले सम्पादन गरेका छन् ।
विगत ७ वर्षदेखि नेपाली गायन क्षेत्रमा रहेकी कविताका दुई एल्बम सार्वजनिक भएका छन् । तीन दर्जनभन्दा धेरै गीतमा स्वर दिएकी कविताले यो नयाँ गीतले आफ्ना अन्य गीतले जस्तै स्रोता÷दर्शकको साथ पाउँनेमा आफू आशावादी रहेको बताईन ।