३० भदौ, काठमाडौं – कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै शनिबार काठमाडौंमा विशाल प्रदर्शन भएको छ । ‘निर्मलाका निम्ति न्याय’ नाम दिइएको प्रदर्शन माइतीघर मण्डलाबाट सुरु भएको हो ।
प्रदर्शनमा स्वस्फुर्त रुपमा सयौं सहभागी भएका छन् । निर्मलाका निम्ति न्याय, निर्दोषलाई यातना, दोषीलाई उन्मुक्ति रु लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए । ‘निर्मलाका निम्ति न्याय’ माग्दै शनिबार देशकमा विभिन्न १९ स्थानमा जनभेला भएको छ ।